पर्सा । पर्सा जिल्लाको बिन्दवासनी गाउँपालिकामा आयोजना भएको खुल्ला दिशामुक्त कार्यक्रममा स्थानियले बिरोध गरेका छन् । दिशामुक्त क्षेत्र घोषणा गर्नु अघि केही वयवस्था नै नगरी आयोजना गरिएको कार्यक्रमको स्थानियले बिरोध गरेका हुन् । पर्सा जिल्लाको बिन्दवासनी गाउँपालिकाका प्रमुखले खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्नु अघि कहि कतै शौचालयकै व्यवस्था नगरी आयोजना गरिएको कार्यक्रमलाई बिरोध गरेको स्थानियहरूको आरोप छ ।
बिन्दवासनी गाउँपालिका वडा नम्बर १, २ र ३ को वडाहरूमा शौचालय बनाउने रिङ्ग नै वितरण नगरी कागजी प्रक्रियामा मात्र बितरण गरेको आरोप स्थानियको रहेको छ । ३ वटा वडामा करीब ७० घरधुरी भएका गरिब असहायलाइ शौचालय बनाउने रिङ्ग वितरण नगरिएको स्थानियले बताएका छन ।
स्थानियले बिन्दवासनी गाउपालिकाको तिनवटै वडामा किन सम्पूर्ण वडालाई खुल्ला दिशामुक्त क्षेत्र गर्न जरुरी छ तर भौतिक सनरचना नभएकै बेला खुल्ला दिशामुक्त क्षेत्र गर्नु उचित नरहेको बताए । कागजी प्रक्रिया पुर्याइ एकलौटी रूपले खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्नुलाई आफूहरूले स्विकार नगरिने स्थानियले बताएका छन । खुल्ला दिशामुक्त क्षेत्र घोषणा कार्यक्रममा स्थानियले बिरोध गर्दा शान्ती सुरक्षाको लागि खटिएका सुरक्षाकर्मीहरूलाइ समेत चुनौतीको बिषय बनेको थियो ।