• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    दूषित खाद्य पदार्थ बिक्री गरे ५ लाखसम्म जरिवाना !

  • वीरगंज संजाल
  • Jul 13, 2020, 11:09 pm
  • २३५३

    वीरगंज | सरकारले दूषित खाद्य पदार्थ उत्पादन र बिक्री गरे ५ लाखसम्म जरिवाना गर्ने गरी प्रस्ताव गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुषालले राष्ट्रियसभामा दर्ता गराएको ‘खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ मा यस्तो प्रस्ताव गरिएको हो ।

    सडेगलेको, फोहोरमैला मिसिएको वा विषाक्त अवस्थामा राखिएको, उपयोगका लागि अनुपयुक्त रोगी वा रोगकारक पशुपन्छी वा वनस्पतिबाट बनेको, हानिकारक रसायन मिसाइएको खाद्य पदार्थलाई दूषित खाद्य पदार्थ मानिएको छ । यस्तो खाद्य पदार्थ बिक्री गरेमा १ देखि ५ वर्षसम्म कैद र ५० हजारदेखि ५ लाखसम्म जरिवाना वा दुवै हुनसक्ने प्रस्ताव गरिएको छ ।

    मानव स्वास्थ्यको सुरक्षा तथा उपभोक्ता हित संरक्षणका लागि खाद्य पदार्थको स्वच्छता तथा गुणस्तर निर्धारण गरी त्यसको नियमन गर्न, स्वस्थ र निरोगी नेपाल बनाउने उद्देश्य राखेर विधेयक ल्याइएको मन्त्रालयले जनाएको छ । विधेयकमा सरकारले समय समयमा राजपत्रमा सूचना प्रकाशित गरी खाद्य पदार्थको स्वच्छता तथा गुणस्तर निर्धारण गर्ने व्यवस्था प्रस्ताव गरिएको छ ।

    प्रदेश सरकारले आफ्नो प्रदेशभित्र र स्थानीय तहले आफ्नो क्षेत्रभित्र खाद्य स्वच्छता तथा गुणस्तर नियमन गर्ने वा गराउने व्यवस्था विधेयकमा राखिएको छ । त्यस्तै, खाद्य स्वच्छता तथा गुणस्तर निर्धारणका लागि सचिवको अध्यक्षतामा समिति नै गठन गर्न प्रस्ताव गरिएको छ ।दूषित र न्यूनस्तरका खाद्यपदार्थको बिक्री–वितरण गर्न नहुने विधेयकमा उल्लेख छ । त्यस्तै, खाद्य पदार्थको गुणस्तर परीक्षण र उत्पादनस्थलको निरीक्षणमा जाने अधिकारीलाई पनि कारबाहीको अधिकार दिइएको छ ।

    ‘अनुगमन, निरीक्षण, जाँचबुझ, आकस्मिक निरीक्षण वा खाद्य पदार्थको नमुना संकलनका काममा अवरोध गरेमा निरीक्षण अधिकारीले तत्काल २० हजारसम्म जरिवाना गर्न सक्ने’ व्यवस्था गरिएको छ । केही स्थानमा अनुगमनमा जानेलाई नियन्त्रणमा लिने र अनुगमन कार्यलाई बाधा पुर्‍याइएको थियो । विधेयकमा व्यवस्था गरिएको कारबाहीको व्यवस्था पारित भएमा अनुगमन प्रभावकारी हुने अपेक्षा गरिएको छ ।

    त्यसरी कारबाही गरेमा ३ दिनभित्र खाद्य विभागलाई जानकारी दिनुपर्ने र ७ दिनभित्र रकम नतिरे खाद्य पदार्थ सिलबन्दी गर्नसक्ने, त्यस्तो उत्पादकको अन्य उत्पादन र पैठारी रोक्न सक्ने समेत अधिकार निरीक्षण अधिकारीलाई दिइएको छ ।

    त्यस्तै, दूषित खाद्य पदार्थको उत्पादन, प्रशोधन, निकासी, पैठारी, सञ्चय, ढुवानी वा बिक्री–वितरण गरे १ लाखदेखि ५ लाखसम्म जरिवाना गर्नसक्ने व्यवस्था गरिएको छ । न्यूनस्तरका खाद्य पदार्थ उत्पादन, प्रशोधन, पैठारी, बिक्री गरेमा ३ वर्षसम्म कैद वा ३० हजारदेखि ३ लाखसम्म जरिवाना प्रस्तावित छ । त्यस्तै, लेबल नलगाई सामान बिक्री गरेमा ६ महिनासम्म कैद वा ५० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनसक्नेछ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अस्तित्व नै संकटमा पुगेर ब्युँतिएको सप्तपाताल पोखरी (तस्बिरहरू)
  • जिल्ला प्रशासन कार्यालय काठमाडौंमा ग्यास लिनेको भिड (तस्बिरहरू)
  • प्रेस युनियन पर्साको जिल्ला अधिवेशन भदौंमा हुने साउन ३०, २०८३
  • हरित र सुन्दर वीरगन्ज निर्माणका लागि वृक्षारोपण अभियानलाई निरन्तरता दिन्छौँ : का.बा. नगर प्रमुख इम्तियाज आलम
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अस्तित्व नै संकटमा पुगेर ब्युँतिएको सप्तपाताल पोखरी (तस्बिरहरू)

    जिल्ला प्रशासन कार्यालय काठमाडौंमा ग्यास लिनेको भिड (तस्बिरहरू)

    प्रेस युनियन पर्साको जिल्ला अधिवेशन भदौंमा हुने साउन ३०, २०८३

    हरित र सुन्दर वीरगन्ज निर्माणका लागि वृक्षारोपण अभियानलाई निरन्तरता दिन्छौँ : का.बा. नगर प्रमुख इम्तियाज आलम

    बिरगंजमा गुडविल सोसाइटीद्वारा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, सयौंले गरे रक्तदान

    वीरगन्ज समाज सेवा द्वारा नारायणी अस्पतालमा साप्ताहिक निशुल्क भोजन कार्यक्रममा गौतम स्कुलको संवरण जयन्ती वर्षमा सराहनीय सहयोग र सेवा

    रजघट्टामा ५ सय विद्यार्थीको आँखा परीक्षण, २४ जनामा समस्या

    रिजालको ग्यास उद्योगलाई पनि तीन लाख जरिवाना

    बाढी पहिरोका कारण आज यी सडकखण्ड अवरूद्ध

    नेपाली नागरिकलाई दिइएको ‘टीपीएस’ सुविधा खारेज, अमेरिका बस्न जोखिम

    अस्तित्व नै संकटमा पुगेर ब्युँतिएको सप्तपाताल पोखरी (तस्बिरहरू)

    जिल्ला प्रशासन कार्यालय काठमाडौंमा ग्यास लिनेको भिड (तस्बिरहरू)

    प्रेस युनियन पर्साको जिल्ला अधिवेशन भदौंमा हुने साउन ३०, २०८३

    हरित र सुन्दर वीरगन्ज निर्माणका लागि वृक्षारोपण अभियानलाई निरन्तरता दिन्छौँ : का.बा. नगर प्रमुख इम्तियाज आलम

    बिरगंजमा गुडविल सोसाइटीद्वारा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, सयौंले गरे रक्तदान

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    अस्तित्व नै संकटमा पुगेर ब्युँतिएको सप्तपाताल पोखरी (तस्बिरहरू)

    News

    जिल्ला प्रशासन कार्यालय काठमाडौंमा ग्यास लिनेको भिड (तस्बिरहरू)

    News

    प्रेस युनियन पर्साको जिल्ला अधिवेशन भदौंमा हुने साउन ३०, २०८३

    News

    हरित र सुन्दर वीरगन्ज निर्माणका लागि वृक्षारोपण अभियानलाई निरन्तरता दिन्छौँ : का.बा. नगर प्रमुख इम्तियाज आलम

    News

    बिरगंजमा गुडविल सोसाइटीद्वारा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, सयौंले गरे रक्तदान

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑