वीरगंज | नेपाल संग सीमा ज़ोडिएको सीमावर्ती शहर रक्सौलमा ९५ जनमा कोरोना संक्रामणको पुष्टि भएको छ । सीमावर्ती शहर रक्सौलमा कोरोना संक्रामण पाइए पछि शहरकों गली गलिमा स्थानीयले बासले बांधेर सड़क र टोल शिल गरेका छन |
स्थानीय को भनाइ अनुसार शहरका जनताले कोरोना गाइड लाइन उलनङ्घ्न गरे पछि यो भयावह अवस्थाको सृजना भएको छ । आज साझ सार्वजनिक गरिएको विवरण अनुसार रक्सौलमा ९५ , मोतिहारीमा २२ चकियामा ७ र मधुबनमा ६ जनामा कोरोना संक्रामणकों पुष्टि भएको छ ।
नेपाल संग सीमा ज़ोडिएको सीमावर्ती शहर रक्सौलमा कोरोना संक्रामण पाइए पछि रक्सौलका जनतामा डर र संत्रास छाएको छ भने वीरगंजमा पनि संत्रास छाएको छ । खुला सिमानाका कारण अहिले दैनिक रुपमा रक्सौल र वीरगंजका जनता आउने जाने गरेका थिए ।