मकवानपुर : हेटौंडा उपमहानगरपालिका–१२ मसानघाटमा बस्दै आएको पार्वती सुनार विक परिवाले घर र रोजागारी पाउने भएको छ ।
मसानघाटमा मलामी बस्न बनाइएको छाप्रोमा बस्दै आएका दलित परिवारका लागि हेटौंडा उपमहानगरपालिकाले दुई कोठे घर निर्माण गरी परिवारका एक जनालाई रोजगारी दिने भएको हो ।
साउन २१ गते परिवारको दुःख र समस्याबारे समाचार प्रकाशित भएपछि उनीहरुको दयनीय अवस्थाबारे सरोकारवालाले चासो राखेका थिए । परिवर्तन सामूदायिक बनभित्र बस्दै आएको सो परिवारका लागि उपमहानगरपालिकाले पक्की घर बनाइदिने मेयर हरिबहादुर महतले बताए ।
उनका अनुसार परिवारका एक सदस्यलाई सरसफाइसम्बन्धी रोजगारी समेत दिइने छ । दुई बर्षदेखि मसानघाटमा बस्दै आएको विक परिवारमा पतिपत्नी, चार बर्षीय छोरा, ११, १० र डेढ बर्षीया गरी तीन छोरी छन् । नागरिक दैनिकबाट