• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  अर्थतन्त्र

    सेयर बजारमा उत्साह देखिनुमा के–के छन् कारण ?

  • वीरगंज संजाल
  • Jul 1, 2020, 10:03 am
  • ३५४१

    काठमाडौं | कोरोना र लक डाउनका कारण आहात बनेका सर्वसाधारण लगानीकर्तालाई नेप्सेले भने आशाको सकारात्मक सन्देश दिएको छ । लक डाउनपछि नियमित रुपमा बजार खुलेको दोस्रो दिन मंगलबार सेयरमा सकारात्मक सर्किट ब्रेकर लागेर  कारोबार बन्द भएको छ । बजारमा ३ पटकसम्म बढेर सर्किट लागेपछि दिउँसो १ बजेबाट दिनभरका लागि कारोबार रोकिएको हो । नेप्से ६% ले बढेपछि बजार दिनभरका लागि स्थगित भएको हो । अब नेप्से बुधबार मात्र खुल्नेछ ।

    सेयर बजार निकै तल जान्छ कि भन्ने आम लगानीकर्तामा यसअघि निकै त्रास पनि थियो । यस्तो त्रासका बीच मंगलबार बजारले लगानीकर्ताको आत्मबल बढाउने काम गरेको छ । यसबीचमा वित्तीय प्रणालीमा पर्याप्त तरलता थपिएको छ । बैंकिङ प्रणाली तरलता सहज हुँदा ब्जाजदर पनि निकै सस्तो भएको छ । यसको सकारात्मक प्रभाव सेयर बजारमा पर्ने देखिएको छ । यसैगरी, अन्य उद्योगधन्दा पूर्णरुपमा नियमित सञ्चालन भइनसकेकाले पनि लगानी गर्ने पहिलो क्षेत्र सेयर बजार भएको छ । यसले पनि नेप्सेमा सुधार हुन सहयोग पुर्याएको हो ।

    यस्तै, यसबीचमा सरकार तथा नियामकले पनि बजार सुधारका काम अघि बढाएको छ । मौद्रिक नीतिमार्फत पनि सेयर बजारका समस्या समाधान गरिने गभर्नर यसअघि नै प्रष्टीकरण  दिइसकेका छन् । यसले पनि आम लगानीकर्ताको मनोविज्ञान सुधार्न सहयोग पुर्याएको हो । सेयर बजारमा लगानीकर्ताको विश्वासले पनि निकै अहम भूमिका खेल्ने गर्छ । यसर्थ लगानीकर्तामा सकारात्मक भाव हुन जरुरी छ । होल्ड गर्न सक्ने क्षमता पनि उत्तिकै जरुरी हुन्छ ।
    मंगलबार पहिलोपटक कारोबार खुलेको ४८ मिनेटमा ४% ले बढेर सर्किट लागेको थियो । त्यसबेला २० मिनेट बजार स्थगित भएको थियो । त्यसैगरी, दोस्रोपटक १२ बजेर १७ मिनेट जाँदा पुनः बजार ५% ले बढेपछि ४० मिनेटका लागि कारोबार रोकिएको थियो । फेरि १२ बजेर ५७ मिनेटमा खुलेको बजार जम्मा ३ मिनेट कारोबार हुँदा ६% ले बढ्न गयो । जसका कारण नेप्सेले सर्किट लगाएर कारोबार रोक्न पुग्यो ।
    नेप्से सूचक मंगलबार ७२.०५ अंकले बढेर १२६०.७५ विन्दुमा आइपुगेको छ । १३४ कम्पनीको २२ करोड ७२ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । ४ लाख ८९ हजार ५३७ कित्ता सेयर कारोबार भएका छन् । होटेल र म्युचुअल फन्ड बाहेक कारोबार भएका बाँकी समूह सबैका सूचक बढेका छन् । सबैभन्दा धेरै जीवन बिमा समूह ६३४.९८ अंकले बढेको छ । वाणिज्य बैंक समूहको सूचक पनि ७३.७२ अंकले बढेको छ । यस दिन करिब दर्जन कम्पनीको भाउ १०% बढेर सर्किट ब्रेकर लागेको छ ।

    नागरिक लगानी कोष, एसियन लाइफ, सूर्या लाइफ, नेपाल लाइफ, नेसनल लाइफ इन्सुरेन्स, शिवम सिमेन्ट लगायत थप कम्पनीको भाउ १०% ले बढेको छ । यता, नेपाल पुनर्बिमा कम्पनी, ओरियन्टल होटेल लगायतका कम्पनीको भाउ भने उच्च प्रतिशतले घटेका छन् । सबैभन्दा धेरै हिमालयन डिष्टिलरीको ३ करोड ६४ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अस्तित्व नै संकटमा पुगेर ब्युँतिएको सप्तपाताल पोखरी (तस्बिरहरू)
  • जिल्ला प्रशासन कार्यालय काठमाडौंमा ग्यास लिनेको भिड (तस्बिरहरू)
  • प्रेस युनियन पर्साको जिल्ला अधिवेशन भदौंमा हुने साउन ३०, २०८३
  • हरित र सुन्दर वीरगन्ज निर्माणका लागि वृक्षारोपण अभियानलाई निरन्तरता दिन्छौँ : का.बा. नगर प्रमुख इम्तियाज आलम
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अस्तित्व नै संकटमा पुगेर ब्युँतिएको सप्तपाताल पोखरी (तस्बिरहरू)

    जिल्ला प्रशासन कार्यालय काठमाडौंमा ग्यास लिनेको भिड (तस्बिरहरू)

    प्रेस युनियन पर्साको जिल्ला अधिवेशन भदौंमा हुने साउन ३०, २०८३

    हरित र सुन्दर वीरगन्ज निर्माणका लागि वृक्षारोपण अभियानलाई निरन्तरता दिन्छौँ : का.बा. नगर प्रमुख इम्तियाज आलम

    बिरगंजमा गुडविल सोसाइटीद्वारा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, सयौंले गरे रक्तदान

    वीरगन्ज समाज सेवा द्वारा नारायणी अस्पतालमा साप्ताहिक निशुल्क भोजन कार्यक्रममा गौतम स्कुलको संवरण जयन्ती वर्षमा सराहनीय सहयोग र सेवा

    रजघट्टामा ५ सय विद्यार्थीको आँखा परीक्षण, २४ जनामा समस्या

    रिजालको ग्यास उद्योगलाई पनि तीन लाख जरिवाना

    बाढी पहिरोका कारण आज यी सडकखण्ड अवरूद्ध

    नेपाली नागरिकलाई दिइएको ‘टीपीएस’ सुविधा खारेज, अमेरिका बस्न जोखिम

    अस्तित्व नै संकटमा पुगेर ब्युँतिएको सप्तपाताल पोखरी (तस्बिरहरू)

    जिल्ला प्रशासन कार्यालय काठमाडौंमा ग्यास लिनेको भिड (तस्बिरहरू)

    प्रेस युनियन पर्साको जिल्ला अधिवेशन भदौंमा हुने साउन ३०, २०८३

    हरित र सुन्दर वीरगन्ज निर्माणका लागि वृक्षारोपण अभियानलाई निरन्तरता दिन्छौँ : का.बा. नगर प्रमुख इम्तियाज आलम

    बिरगंजमा गुडविल सोसाइटीद्वारा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, सयौंले गरे रक्तदान

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    अस्तित्व नै संकटमा पुगेर ब्युँतिएको सप्तपाताल पोखरी (तस्बिरहरू)

    News

    जिल्ला प्रशासन कार्यालय काठमाडौंमा ग्यास लिनेको भिड (तस्बिरहरू)

    News

    प्रेस युनियन पर्साको जिल्ला अधिवेशन भदौंमा हुने साउन ३०, २०८३

    News

    हरित र सुन्दर वीरगन्ज निर्माणका लागि वृक्षारोपण अभियानलाई निरन्तरता दिन्छौँ : का.बा. नगर प्रमुख इम्तियाज आलम

    News

    बिरगंजमा गुडविल सोसाइटीद्वारा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, सयौंले गरे रक्तदान

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑