• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  देश

    सर्वत्र स्वास्थ्य मन्त्री यादवको राजीनामा माग

  • वीरगंज संजाल
  • Sep 12, 2019, 4:45 pm
  • २३२१

    काठमाडौं : देशभरी डेंगुको प्रकोप विकराल बन्दै गएको छ तर, यो रोगको नियन्त्रण गर्ने जिम्मेवारी बोकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका मन्त्री उपेन्द्र यादवलाई भने यसबारे कुनै मतलब छैन । देशभर डेंगु रोगले आक्रान्त पारेको छ । यसबाट जनजिवन अत्यन्तै प्रभावित भएछ भने जनमानसमा त्रास बढेको छ ।

    स्वास्थ्य मन्त्री यादव भने मुलुकै आक्रान्त बनेको बेला मुकदर्शक मात्र हैन कानमा तेल हालेर बसेका छन् । यादवको यस्तो कार्यले गर्दा सरकारको चौतर्फी आलोचना भइरहेको छ । सडक र संसदमा सरकारले डेंगु प्रकोपको नियन्त्रण गर्न असफल भएको भन्दै चर्को आलोचना भइरहँदा मन्त्री यादवको राजीनामाको माग उठिरहेको छ ।

    मन्त्री यादव डेंगु महामारी नियन्त्रणमा उदासिन देखिदा त्यसको चपेटामा जनमानस परेका छन् । तर, त्यता तर्फ कुनै ध्यान नदिएका मन्त्री यादव विदेश सयरमा लिप्त छन् । आफ्नै पार्टीका केही नेताहरुले सरकारबाट हुनुपर्ने माग उठाइरहदा मन्त्री यादव भने सत्तामै टाँसिएका छन् । मन्त्री यादव यसरी सत्तामै टाँसिरहनुमा स्वास्थ्य मन्त्रालयमा हुने सामान र उपकरण खरिदबाट आउने कमिसन, कर्मचारी सरुवाबाट हुने लाभ र विदेश भ्रमणको मोह रहेको उनकै पार्टीका नेताहरु बताउँछन् ।

    यादवलाई संविधान संशोधनसँग कुनै मतलव छैन्, तर कार्यकर्ताको आँखामा छारो हाल्नर सार्वजनिक खपतका निम्ति यो विषय उठाइरहेका छन् । नयाँ शक्ति, नेपालसँगको एकतापछि बनेको समाजवादी पार्टीभित्र तत्काल सरकार छोड्नुपर्ने पार्टीका संघीय परिषद अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईललायतका केही नेताहरुले दवाव दिँदै आएका छन् ।

    मन्त्री यादवको विदेश मोह कति भन्ने कुुरा उनी मन्त्री भएपछि अहिलेसम्म उनले भारत, अमेरिका, काजकिस्तान, स्विट्जरल्यान्ड, थाईल्याण्ड, भियतनाम, र बेलायतलगायत दर्जनौं देशहरुको भ्रमण गरिसकेका छन् ।

    डेंगु संक्रमण बढी रहँदा सहसचिव जाने कार्यक्रममा दिल्ली पुगेर हालै फर्किएका उनको विदेश यात्रा दशैंको टिका सकिएलगत्तै फेरि सुरु हुँदैछ ।

    मन्त्री यादव आउँदो असोज २३ गते लण्डनमा हुने एक कार्यक्रममा सहभागी हुन त्यसतर्फ जाँदै छन् भने लण्डनबाट फर्किएलगत्तै उनी असोज ३१ गतेदेखि कार्तिक २ गतेसम्म टर्कीको आनटल्या जाँदैछन् । त्यस्तै, कार्तिक ८ र ९ मा काजकास्तानमा र कार्तिक १३ देखि १५ मा जेनेभा जाने कार्यक्रम तय भएको छ ।

    डेंगु रोग नियन्त्रणमा असफल देखिएपछि सडकदेखि संसदसम्म स्वास्थ्य मन्त्री यादवको राजीनामाको माग जोडदार ढंगले उठ्न थालेको छ ।

    संविधान संशोधन गराउने शर्तसहित सरकारमा सहभागी भएका यादवले यस विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर पटक–पटक सरकारबाट बाहिरिने चेतावनी दिँदै आएका छन् । तर, न सरकारमा सहभागी हुँदाका सर्त पूरा भएका छन् न त उनी सरकारबाट बाहिरिएका छन् ।

    यादवलाई संविधान संशोधनसँग कुनै मतलव छैन्, तर कार्यकर्ताको आँखामा छारो हाल्नर सार्वजनिक खपतका निम्ति यो विषय उठाइरहेका छन् । नयाँ शक्ति, नेपालसँगको एकतापछि बनेको समाजवादी पार्टीभित्र तत्काल सरकार छोड्नुपर्ने पार्टीका संघीय परिषद अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईललायतका केही नेताहरुले दवाव दिँदै आएका छन् । तर, त्तकालिन संघीय समाजवादी पार्टी नेपालका नेताहरु भने सरकारबाट बाहिरिन नहुने पक्षमा देखिएका छन् । यसको अर्थ हो, पार्टी अध्यक्ष समेत रहेका उपप्रधान तथा स्वास्थ्य मन्त्री यादव सरकारमा बसिरहन चाहन्छन् ।

    यसैबीच डेंगु रोग नियन्त्रणमा असफल देखिएपछि सडकदेखि संसदसम्म स्वास्थ्य मन्त्री यादवको राजीनामाको माग जोडदार ढंगले उठ्न थालेको छ ।

    नेपाली कांग्रेसका सांसद सञ्जीवकुमार गौतमले बिहीबार प्रतिनिधिसभामा बोल्दै डेंगु रोगको नियन्त्रण गर्न असफल देखिएको भन्दै मन्त्री यादवको राजीनामा माग गरेका छन् । त्यस्तै राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले पनि डेंगु रोग नियन्त्रणमा सरकारको उदासिनताको चर्को आलोचना गर्दै स्वास्थ्य मन्त्री यादवको राजीनामा माग गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • तोलामा ३ हजार ६ सय रुपैयाँ बढ्यो सुन
  • एप्पलको आईफोन १८ प्रो सिरिज किन्न स्टोरहरूमा थामिनसक्नु भिड
  • नयाँ आप्रवासन नीतिविरुद्ध अस्ट्रेलियामा विद्यार्थी प्रदर्शन
  • गणेशमान सम्झिँदै गगनले भने– ‘समय बदलिएको छ, चुनौती बदलिएका छन्’
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    तोलामा ३ हजार ६ सय रुपैयाँ बढ्यो सुन

    एप्पलको आईफोन १८ प्रो सिरिज किन्न स्टोरहरूमा थामिनसक्नु भिड

    नयाँ आप्रवासन नीतिविरुद्ध अस्ट्रेलियामा विद्यार्थी प्रदर्शन

    गणेशमान सम्झिँदै गगनले भने– ‘समय बदलिएको छ, चुनौती बदलिएका छन्’

    भन्सार छलीका सामानसहित मिनी ट्रक नियन्त्रणमा

    किन जिम धाउन थाले गगन थापा ?

    पार्टीभित्र विवादजस्तो देखिनसक्छ, तर एक भएर अघि बढ्छौं : कांग्रेस प्रवक्ता

    हिमालय एयरलाइन्सका कर्मचारीबाट १३ लाख रुपैयाँ प्रधानमन्त्री राहत कोषमा प्रदान

    सम्पत्ति विवरण पेश गर्न कर्मचारीलाई ३० दिन म्याद थप

    संविधानको पुनर्लेखन गर्न सरकारलाई उपेन्द्र यादवका तीन सुझाव

    तोलामा ३ हजार ६ सय रुपैयाँ बढ्यो सुन

    एप्पलको आईफोन १८ प्रो सिरिज किन्न स्टोरहरूमा थामिनसक्नु भिड

    नयाँ आप्रवासन नीतिविरुद्ध अस्ट्रेलियामा विद्यार्थी प्रदर्शन

    गणेशमान सम्झिँदै गगनले भने– ‘समय बदलिएको छ, चुनौती बदलिएका छन्’

    भन्सार छलीका सामानसहित मिनी ट्रक नियन्त्रणमा

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    तोलामा ३ हजार ६ सय रुपैयाँ बढ्यो सुन

    News

    एप्पलको आईफोन १८ प्रो सिरिज किन्न स्टोरहरूमा थामिनसक्नु भिड

    News

    नयाँ आप्रवासन नीतिविरुद्ध अस्ट्रेलियामा विद्यार्थी प्रदर्शन

    News

    गणेशमान सम्झिँदै गगनले भने– ‘समय बदलिएको छ, चुनौती बदलिएका छन्’

    News

    भन्सार छलीका सामानसहित मिनी ट्रक नियन्त्रणमा

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑