नेशनल मेडिकल कलेजले दोश्रो पटक हटका बिरामीको बाईपास सर्जरी मार्फत सफल शल्यक्रीया
वीरगंज संजाल
२३ भाद्र २०७६, सोमबार ०९:३०
३११९
पर्सा|प्रदेश नम्बर २ मा मेडिकल कलेजले २४ घण्टा इमर्जेन्सी सेवा साधारण उपचारको साथ साथै विशेष उपचारको सुविधा जस्तै न्युरो सर्जरी, कोरोनरी एन्जीयोग्राफी, स्टेन्टीङ्गी, प्लास्टीक सर्जरी, युरो सर्जरी , लेजर उपचार, पेडियाट्रीक सर्जरी, ट्रोमा सर्जरी, ल्याप्रोस्कोपीक सर्जरी इत्यादीको व्यवस्था रहेको छ ।
सोही क्रममा मुटुरोग लगेको बिरामी जिल्ला पर्सा आठहर्वा सुगौली निवासी हमिद मिया मन्सुरि संग उपचारको खर्च गर्ने ५ लाख रुपैयाको वइवस्था नरहेकोे आर्थिक स्थिति कमजोर भएको जसलाई सम्पुर्ण खर्च निशुल्क गरी उपचार गरिएको छ । डा. अफरोज अंसारी र उहाको सम्पुर्ण टिमले यो प्रदेश नं. २ को लागी एउटा नयाँ पाइला चाली प्रथम दोश्रो पटक रेकर्ड को सुरुवात गर्नु भएको छ ।
कार्यक्रममा नेशनल मेडिकल कलेजल शिक्षण अस्पतालका व्यवस्थापक आबिद अनसारी, निर्देशक डा. प्रमोद सरार्फ, प्रिन्सीपल डा. निलमणी उपाध्याय, डा. अफरोज अनसारी, र डा. जितेन्द« मिश्रा लगायतको उपस्थीती रहेको थियो ।