काठमाडौं | प्रेस काउन्सिल नेपालले भ्रामक समाचार लेख्ने १४ वटा अनलाइन सञ्चारमाध्यमहरुलाई देशैभरिबाट प्रकाशन–प्रसारण नहुने गरी ब्लक गरेको छ ।प्रेस काउन्सिल नेपालले आचारसंहिता उल्लंघन सबैलाई स्पष्टीकरणका लागिरजवाफ मागरसचेत र ध्यानाकर्षणका लागि पत्र काटेको हो ।
चैत ११ गतेदेखि जेठ ८ गतेसम्म कोरोना भाइरस कोभिड १९ बारे अफवाह फैलाउने, जथाभावी तथ्यहीन समाचार सम्प्रेण गरेर भ्रम फैलाउने १ सय ३६ अनलाइनहरुलाई स्पष्टीकरण सोधिनुका साथै दर्ता नभएका र आचारसंहिता उल्लंघन गर्ने ७० वटा अनलाइन समाचार माध्यमलाई नेपालमा सञ्चालन हुन नसक्ने गरी ब्लक गरेको छ ।
काउन्सिलले ५९ सञ्चारमाध्यमसँग स्पष्टीकरण सोध्दै जवाफ माग गरेको छ । २२ सञ्चार माध्यमलाई सचेत गराएको छ भने ४० सञ्चार माध्यमलाई आचार संहिता पालना गर्न निर्देशन दिएको छ । यस्तै १४ वटालाई ध्यानाकर्षण गराएको छ भने एउटा सञ्चारमाध्यमलाई अन्तिम चेतावनी दिएको छ ।रासस