२४ घन्टामा २ हजार २३६ नयाँ नमूना परीक्षण, रेडजोनमा ३४५ जना
वीरगंज संजाल
३० बैशाख २०७७, मंगलवार १७:५८
३८२१
वीरगञ्ज | गत २४ घन्टामा २ हजार २३६ नयाँ परीक्षण भएका छन् भने रेडजोनमा पर्नेको संख्या ३४५ पुगेको छ। स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता तथा डा.विकास देवकोटाले नमूना परीक्षण र रेडजोनमा पर्नेको संख्या पुष्टि गरेका हुन्।
उनका अनुसार नेपालमा हालसम्म ७८ हजार ५९१ वटा कोरोनाका नमूना परीक्षण भएका छन्। जसमध्ये पीसीआर १८ हजार ९६४ र आरडीटी ५९ हजार ६२७ परीक्षण भएका छन्।
सातवटै प्रदेशमा आरडीटी परीक्षण भइरहेको छ। जसमध्ये प्रदेश १ मा ८ हजार ०६३, प्रदेश २ मा ५ हजार ९३५, बागमती प्रदेशमा ९ हजार ३१६, गण्डकी प्रदेशमा ६ हजार ५१४ प्रदेश ५ मा ७ हजार २२१ र कर्णाली प्रदेशमा ७ हजार ७६३ र सुदूरपश्चिम प्रदेशमा १५ हजार ४१५ गरी ५९ हजार ६२७ आरडीटी परीक्षण पुगेको छ।
यस्तै क्वारेन्टाइनमा बस्नेको संख्या १२ हजार ७८५ जना पुगेको छ। जसमध्ये प्रदेश १ मा ९७४ प्रदेश २ म१ हजार ५३४, बागमतीमा ९०, गण्डकीमा 292 प्रदेशमा ५ मा ५ हजार ४४२ कर्णालीमा १ हजार ६९९ सुदूरपश्चिम प्रदेशमा २हजार ७५४ पुगेको छ।
आइसोलेसनमा २२८ छन् । जसमध्ये काठमाडौंमा १ र उपत्यका बाहिर २२७ जना छन्। प्रदेश विवरणअनुसार प्रदेश १ मा २५ जना आइसोलेसनमा छन्।जसमध्ये १९ जना कन्फर्म केस र ६ जना संकास्पद छन्। प्रदेश २ मा ८० जना छन्।जसमध्ये शंकास्पद १२ र पुष्टि भएका ६८ जना छन्। बागमती प्रदेशमा २५ जनामा शंकास्पद २४ जना र कन्फर्म एकजना छन्। यस्तै प्रदेश ५ मा ५८ जनामा पुष्टि भएका ७० र संकास्पद २८ जना छन्।
यसरी आइसोलेसनमा १५८ केस पुष्टि भएका छन् भने ७० जना संभावित संक्रमित छन्। आइसोलेसनमा जम्मा २२८ जना रहेका छन्। यस्तै रेडजोनमा ३४५ जना छन्।
यस्तै मंगलबार एकै दिन ५७ जनामा कोरोना पोजिटिभ देखिएको छ। जसमध्ये कपिलवस्तुमा ८, रुपन्देहीमा ९ पर्सामा ३९ जना र बारामा १ जना गरी ५७ जनामा कोरोना भाइरस पोजिटिभ देखिएको हो । प्रवक्ता देवकोटाका अनुसार नयाँ संक्रमितलाई मंगलबार अस्पताल भर्ना गरिने तयारी भइरहेको छ।
नेपालमा कोरोना संक्रमित हुनेमा महिलाभन्दा पुरुष बढी छन्। जसमध्ये १५८ पुरुष र ३३ महिला छन्। नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या १९१ पुगेको छ। जसमध्ये ३३ जना निको भएका छन्। बाँकी संक्रमितको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ।