• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    प्रहरीको ज्यादतीविरुद्ध पत्रकारको धर्ना र प्रदर्शन (भिडीयो सहित)

  • वीरगंज संजाल
  • May 11, 2020, 5:27 pm
  • ४२५७

    वीरगन्ज | लकडाउनमा प्रहरीले पत्रकार, स्वास्थ्यकर्मी ,बैंकर्समाथि गरेको ज्यादतीको विरोधमा वीरगन्जमा सोमबार पत्रकारहरुले सडकमा धर्ना दिएर प्रदर्शन गरेका छन् । नेपाल पत्रकार महासंघ पर्साको अगुवाइमा पत्रकारहरुले घण्टाघर चोकस्थित सडकमा सोमबार बिहान ८ देखि साढे ८ बजे उभिएर धर्ना दिएर प्रदर्शन गरेका थिए ।

    प्रदर्शनका क्रममा पत्रकारले सामाजिक दुरी भने कायम राखेका थिए । कोरोना भाइरसको महमारी रोकथाम तथा नियन्त्रणका लागि डेढ महिनादेखि लकडाउन जारी छ । तर लकडाउन पालना गराउने बहानामा प्रहरीले पत्रकारलाई पक्राउ गरी दुर्व्यवहार गर्ने तथा विभिन्न पेशा, व्यवसायदेखि नागरिक समाज र सर्वसाधारणलाई प्रहरीले दुर्व्यवहार गरेको गुनासो बढेको छ ।

    सोमबार मात्रै वीरगन्जको नारायणी एफएम र नयाँ पत्रिकाका संवाददाता तिवारी यादवलाई एफएम स्टेशनबाटै पक्राउ गरेर हातपात गरेको थियो ।
    ४ घण्टा प्रहरी नियन्त्रणमा राखिएका यादवलाई पत्रकार संगठनको दबाबमा सोमबार बेलुकी साढे ६ बजे रिहा गरिएको थियो । उनको मोबाइल भने प्रहरीकै नियन्त्रणमा छ ।

    दुइ दिनअघि वीरगन्जका बैंकर्सहरुले पनि प्रहरीको ज्यादति बढेको भन्दै बैंक तथा वित्तीय संस्थाहरु बन्द गरेका थिए । यस्तै चार दिन पहिले नारायणी अस्पतालका चिकित्सकहरुले पनि पत्रकार सम्मेलन नै गरेर प्रहरीले चिकित्सक र स्वास्थ्यकर्मीसंग दुर्व्यवहार गरेको गुनासो गरेका थिए । बैशाख ६ गते वीरगन्जका औषधी पसलेहरुले पनि प्रहरीले ज्यादती गरेको भन्दै २ दिनसम्म औषधी पसलहरु बन्द गरेका थिए ।

    सोमबार बिहान धर्ना कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जाराले लकडाउनमा प्रहरीको ज्यादती बढ्दै गएकाले त्यसको विरोधमा महासंघ आन्दोलनमा उत्रिन बाध्य भएको बताए । ‘वीरगन्जमा पत्रकारसँग प्रहरीले अपराधीको शैलीमा व्यवहार गरिरहेको छ’ , उनले भने, ‘पत्रकार तिवारी यादवको मोबाइल अझै पनि फिर्ता दिएको छैन, पत्रकार यादवलाई अनाहकमा पक्राउ गरी कुटपिट गर्ने दोषी प्रहरीमाथि कारवाहीको माग गरिए पनि पर्सा प्रहरीले अझै बेवास्ता गरेको छ ।’

    दोषी प्रहरीलाई कार्वाही नगरिए पत्रकार महासंघ अझ सशक्त आन्दोलनमा उत्रिने चेतावनी पनि उनले दिए । नेपाल पत्रकार महासंघ प्रदेश २ का अध्यक्ष दिपेन्द्र चौहानले पर्सा प्रहरीको जनता माथिको व्यवहार असहिष्णु हुदै गएको आरोप लगाए । जनताको करबाट राष्ट्रसेवकको रुपमा काम गर्ने प्रहरीले विना पारिश्रमिक समाजलाई सुसूचित गर्ने सेवामा कार्यरत पत्रकारहरुलाई लाठी चलाएर शासन गर्ने दिवास्वप्न नदेख्न भन्दै उनले प्रहरीलाई चेतावनी दिए । anpurnapost

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न
  • कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा
  • गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!
  • गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’

    महिलाको चरित्र हत्या गरेको आरोपमा दुई पक्राउ

    नदी तर्न डुंगाकै भर

    आइतबारको उछालपछि सोमबार सुनको मूल्यमा ठूलो गिरावट, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

    सुधन गुरुङको पर्सा नाका भ्रमणपछि प्रहरीको ‘देखावटी कारबाही’को तयारी ?

    आफुखुशी पेट्रोल पम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना

    बालेनले हटाएका सुरेश आचार्यलाई काँग्रेसले बनायो प्रतिष्ठानको कार्यकारी निर्देशक

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’

    महिलाको चरित्र हत्या गरेको आरोपमा दुई पक्राउ

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    News

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    News

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    News

    गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’

    News

    महिलाको चरित्र हत्या गरेको आरोपमा दुई पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑