रिहा भए पत्रकार यादव, न्यायको लागी भोली बिहान ८ बजे घण्टाघरमा धर्ना
वीरगंज संजाल
२८ बैशाख २०७७, आईतवार २०:०२
३६३९
वीरगञ्ज | पत्रकार यादव ५ घण्टा पछि रिहा भएका हुन | स्थानिय नारायणी एफ.एम.मा समेत कार्यरत यादवलाई एफ.एम गेट अगाडि लिंकरोडमा मोटरसाइकल पार्किङ गरेको निहुँमा प्रहरीले पक्राउ गरेको हो ।
दुईवटा प्रहरी भ्यानमा आएका प्रहरीले सडक पेटीमा मोटरसाइकल राखेकै निहुँमा यादवलाई लछारपछार गर्दै प्रहरी भ्यानमा हालेर लगेको प्रत्यक्षदर्शी एफएमका प्राविधिक प्रमुख दिपेन्द्र साहले जानकारी दिए ।
प्रहरीले गाली गर्दै मोटरसाइकल हटाउन भने, तिवारी यादवले गाली नगर्नुस् हामि हटाइ हाल्छु भन्ने वित्तिकै एक जना प्रहरीले लछारपछार गर्दै यादवलाई गाडीमा हालेर लगे उनले बताए । पर्सा प्रहरीको ज्यादतिको बिरुद्धमा नेपाल पत्रकार महासंघ पर्साले आन्दोलनको घोषणा गरेको छ ।
नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जाराले पर्सेली संचारकर्मीहरु आजैबाट जिल्ला प्रहरी कार्यालय पर्साको सम्पुर्ण समाचार बहिष्कार गर्ने र भोली बिहान ८ बजे घण्टाघरमा धर्ना दिने जनाएको छ । अध्यक्ष श्याम बन्जाराले पत्रकार माथि गरेका दुरव्यहारको घोर बिरोध गर्दै दोसी प्रहरी माथि कारवाही नभए सम्म आन्दोलन गर्ने जानकारी दिनुभयो ।पत्रकार यादवको मोबाईल अहिले पनि प्रहरीले नै राखेको छ ।