भिस्वा डांडामा सामान्य ढंगले पुजाआजा गरि बुद्धजयन्ती
वीरगंज संजाल
२५ बैशाख २०७७, बिहीबार १०:५५
४३७५
वीरगन्ज । अनिल साह। कोरोना महामारीका कारण यस वर्ष बौद्ध धर्मावलम्बीहरुले मनाउने बिशेष पर्व बुद्धजयन्तीको कार्यक्रम प्रभावित हुने भएको छ । कोरोना महामारी र जारी लकडाउनले गर्दा बिभिन्न चाडपर्व र सामाजिक कार्यहरुलाई असर पारिरहेको सन्दर्भमा शान्तिका अग्रदुत भगवान बुद्धको जन्मजयन्ती कार्यक्रमलाई समेत असर गर्ने भएको छ|
बिगतका वर्षहरुमा यो कार्यक्रमलाई बौद्ध स्तुपामा धुमधामका साथ मनाइने गरिन्थ्यो । तर यस वर्ष सामान्य ढंगले पुजाआजा गरि बुद्धजयन्ती मनाएको छ।
आज वीरगन्ज . म. न. पा. वडा नं १५ स्थित भिस्वा डाँडामा बुद्ध जयन्ती को उपलक्ष्यमा स्थानिय व्यक्ति हरुको उपस्थितिमा पुजा अर्चना गरिएको छ । सो पुजामा सामाजिक दुरी को विशेष ध्यानमा राखी पुजा भएको छ ।
सो पुजा मा बिरगंज बौद्ध समिति का उपाध्यक्ष श्री दिपक शाक्य र बिरगंज भिस्वा यूवा क्लबका अध्यक्ष उदय नारायण कुश्वाहा क्लब कै संस्थापक सदस्य श्री केशर दास , प्रविण मणिपाल, दिपनारायण यादव, मुकेश यादव र वडा नं १५ का वडा समिति सदस्य श्री जयप्रकाश सिंह को उपस्थिति रहेको थियो ।