वीरगञ्जमा नयाँ सङ्क्रमित भेटिएसँगै वडा नं. १, २ र ३ पुण रुपमा सिल
वीरगंज संजाल
२४ बैशाख २०७७, बुधबार २१:५४
६०४५
वीरगञ्ज | वीरगञ्जमा बुधाबार १७ जना नयाँ कोरोना सङ्क्रमित भेटिएसँगै जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकाको वडा नं. १, २ र ३ लाई सिलबन्दी गर्ने निर्णय गरेको छ ।
जिल्ला प्रशासन कार्यालय पर्साले बुधबार एउटा सूचना जारि गर्दै महानगरपालिका वीरगञ्जको वडा नं. १, २ सँग जोडिएका भारतीय सिमा नाकामा कडाई गर्नका साथ् वडा नं. १, २ र ३ सिलबन्दी गर्ने निर्णय गरेको हो ।
बुधबार भेटिएका नयाँ कोरोना सङ्क्रमितहरु वीरगञ्ज महानगरपालिका वडा नं. ३ का एकै परिवारका व्यक्ति भएका कारण सो वडाले छुने १ र २ पनि सिल गरिएको जिल्ला प्रशासन कार्यालय पर्साले जानाएको छ ।
त्यसगरी वीरगञ्जको मुख्य सडक पावर हाउस देखि रजत जयन्ति चोकसम्म सवारी साधन चलाउन पूर्ण रुपमा निषेध गरिएको छ । बिहान ५ बजे देखि साँझ ७:३० बजे सम्म एम्बुलेन्स, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी ओसारपोसार गर्ने अस्पतालका सवारीसाधन र जिल्ला प्रशासनन कार्यालयबाट उपलब्द गराइएको सवारी पास बाहेकका अन्य कुनै पनि सवारीसाधन संचालन गर्न नदिने स्थानीय प्रशासनले निर्णय गरेको हो ।
तर कृषि उत्पादन, खाद्यान्न तथा अन्य वस्तुहरुको ढुवानी यस पूर्व गरेको निर्णय अनुसार नै गर्न दिने र यसको लागि पासको आवश्यकता नपर्ने पनि सूचनामा उल्लेख छ । त्यस्तै औषधी उपचार, खाद्य वस्तु खरिद जस्ता अत्यावश्यक काममा बाहेक कुनै पनि व्यक्तिलाई घरबाट बाहिर निस्कन निषेध गर्ने निर्णय गरिएको छ ।
सिलबन्दीमा परेका एरियाहरु
‘सङ्क्रमण फैलनबाट रोक्न वीरगञ्ज महानगरपालिकाको पूर्वमा रजत जयन्ती चौक, इदगाहचौक, छपकैया बिट चौक, मालपोत चौक यसतै पश्चिम तर्फ छपकैया बजार चौक, सर्सिया पुल चौक, सिर्सिया भन्सार, उत्तरतर्फ एम बि एस स्कूल, पानी ट्यांकी चौक, युक्तिसुधार केन्द्र, बहिपुल, दक्षिणतर्फ वीरगञ्ज महानगरपालिका वडा नम्बर १ र २ का मित्र राष्ट्र भारतसँग सीमा जोडिएका सीमा क्षेत्र सहित वडा नम्बर १, २ र ३ का इलाकाहरु समेटिने गरी सिलबन्दी गरिएको छ ।’ जिल्ला प्रशासन कार्यालयको सूचनामा उल्लेख गरिएको छ ।