वीरगंज | कोरोनाभाइरसबाट निको भएको भनी डिस्चार्ज गरिएका मध्ये ३ जनामा पुनस् कोरोना संक्रमण देखिएको छ ।
फलोअप चेकजाँचका क्रममा गरिएको परीक्षणका क्रममा फेरी कोरोना पोजेटिभ पाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले दिए ।
पुन संक्रमण भेटएका काठमाडौंका ५८ वर्षीय पुरुष र रौतहटका १९ वर्षीय तथा पर्साका ४४ वर्षीय पुरुष रहेका छन्। काठमाडौंकालाई पाटन अस्पताल, रौतहट र पर्साकालाई नारायणी अस्पताल वीरगञ्जमा भर्ना गरिएको छ ।