पर्साको बिरगंज महा नगरपालीकाको वडा नम्बर २४ मा चोरी
वीरगंज संजाल
२४ बैशाख २०७७, बुधबार ००:२६
५२५३
वीरगन्ज । पर्साको बिरगंज महा नगरपालीकाको वडा नम्बर २४ मा चोरी भएको छ ।वीरगन्जमा चोरीको घटना वृद्धि भएको छ। लकडाउन मा सबै लाई कतै आवत जावतमा प्रहरी ले रोक लगाए पनि चोरहरुलाई रोक लागेको छैन । प्रहरीहरु ले गस्ती गरेपनि चोरहरुलाई समात्न सकिएको छैन।
वीरगन्ज महा नगरपालिकाको वडा नम्बर २४ ज्योति नगरको एक घरमा गए राति चोरी भएको छ । घरमा कोही नभएको बेला रातिको समयमा आएका चोरहरूले नर्सिंग पटेलको घरमा चोरी गरेका छन्।
चोरहरूले घर को छत माथिबाट ढोका तोडी घरमा प्रवेश गरी २ लाख बराबर को समान चोरी गरेका छन्।चोरहरूले घर भित्रको रूम मा राखेको फ्रिज, २ वटा ग्यास सिलिण्डर , १ ग्यास चुला , राइस कुकर, हीटर , ल्यापटप , साइकल ,धारा ,सवार , ३ बोरा चामल ,१ बोरा दाल ,इत्यादि समान चोरी गरी लागेका घर धनी नर्सिंग पटेलले बताएका हुन्।
केही समय यता पर्सा को वीरगन्ज भेगमा चोरी को घटनामा कमी आए पनि लक डाउन मा फेरि चोरी हुनुले स्थानीय हरु त्रसित भएका छन । प्रहरी ले यस्तो घटनामा संलग्नलाई जुन सुकै हालतमा पता लगाई पक्राउ गरी कार्वाही गर्ने स्थानीय हरु ले माग समेत गरेका छन् ।लक डाउन मा चोरी को घटना हुनु वीरगन्ज स्थानीय पर्सा प्रहरी ले दिएको शान्ति सुरक्षा माथि प्रस्न खडा गरेको छन ।