विश्वभर कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या रोकिने क्रम देखिएको छैन ।पछिल्लो अपडेट अनुसार विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या २ लाख ५१ हजार ९४७ जनाको मृत्यु भएको हो । पछिल्लो २४ घण्टामा ३ हजार ८५३ जनाको मृत्यु भएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा विश्वभर ७८ हजार ९३७ जना थप संक्रमित पुष्टि भएको छ ।पछिल्लो अपडेट अनुसार संसारभर ३६ लाख ४१ हजार २०५ जना कोरोना भाइरसबाट संक्रमित भएको विवरण सार्वजनिक भएको छ ।त्यस्तै अहिलेसम्म विश्वभर ११ लाख ९२ हजार ९४८ जना ठिक भएका छन् ।
अहिले अमेरिका, फ्रान्स, इटाली, स्पेनलगायतका देशहरुमा यस भाइरसका कारण भयावह स्थिति भएको छ । कोरोना भाइरस संक्रमणबाट सर्वाधिक प्रभाव परेका १६ मुलुकको पछिल्लो अपडेट :
अमेरिकामा १२ लाख ११ हजार ८३९ कुल संक्रमित भएका छन् भने ६९ हजार ७०९ जनाको मृत्यु भएको छ । यसैबीच एक लाख ८७ हजार २५ निको भएर फर्किएका छन् ।इटालीमा २ लाख ११ हजार ९३८ कुल संक्रमित भएका छन् भने २९ हजार ७९ जनाको मृत्यु भएको छ । यसैबीच ८२ हजार ८७९ निको भएर फर्किएका छन् ।
बेलायतमा अहिलेसम्म एक लाख ९० हजार ५८४ कुल संक्रमित भएका छन् भने २८ हजार ७३४ जनाको मृत्यु भएको छ ।स्पेनमा २ लाख ४८ हजार ३०१ कुल संक्रमित भएका छन् भने २५ हजार ४२८ जनाको मृत्यु भएको छ । यसैबीच एक लाख ५१ हजार ६३३ जना निको भएर फर्किएका छन् ।
फ्रान्समा एक लाख ६९ हजार ४६२ कुल संक्रमित भएका छन् भने २५ हजार २०१ जनाको मृत्यु भएको छ । यसैबीच ५१ हजार ३७१ जना निको भएर फर्किएका छन् । बेल्जियममा ५० हजार २६७ कुल सङ्क्रमित भएका छन् भने ७ हजार ९२४ जनाको मृत्यु भएको छ । यसैबीच १२ हजार ३७८ जना निको भएर फर्किएका छन् ।
ब्राजिलमा एक लाख ७ हजार ८४४ जना संक्रमित भएका छन् भने ७ हजार ३२८ जनाको मृत्यु भएको छ । त्यस्तै ब्राजिलमा अहिलेसम्म ४५ हजार ८१५ जना ठिक भएका छन् । जर्मनीमा एक लाख ६६ हजार १५२ कुल संक्रमित भएका छन् भने ६ हजार ९९३ जनाको मृत्यु भएको छ । यसैबीच एक लाख ३२ हजार ७ सय निको भएर फर्किएका छन् ।
इरानमा ९८ हजार ६४७ कुल संक्रमित भएका छन् भने ६ हजार २७७ जनाको मृत्यु भएको छ । यसैबीच ७९ हजार ३७९ निको भएर फर्किएका छन् ।नेदरल्याण्डसमा अहिलेसम्म ४० हजार ७७० जना संक्रमित भएका छन् भने ५ हजार ८२ जनाको मृत्यु भएको छ ।
चीनमा अहिलेसम्म ८२ हजार ८८० कुल संक्रमित भएका छन् भने ४ हजार ६३३ जनाको मृत्यु भएको छ । यसैबीच ७७ हजार ७६६ निको भएर फर्किएका छन् । क्यानाडामा ६० हजार ६१६ जना संक्रमित भएका छन् भने ३ हजार ८४२ जनाको मृत्यु भएको छ । त्यस्तै २५ हजार ४२२ जना ठिक भएका छन् ।
टर्कीमा एक लाख २७ हजार ६५९ जना संक्रमित भएका छन् भने ३ हजार ४६१ जनाको मृत्यु भएको छ । त्यस्तै ६८ हजार १६६ जना निको भएर फर्किएका छन् ।स्विडेनमा २२ हजार ७२१ जना संक्रमित भएका छन् भने २ हजार ७६९ जनाको मृत्यु भएको छ ।
मेक्सिकोमा २३ हजार ४७१ जना संक्रमित भएका छन् भने २ हजार १५४ जनाको मृत्यु भएको छ । स्विटजरल्याण्डमा कुल २९ हजार ९८१ संक्रमित भएका छन् भने एक हजार ७८४ जनाको मृत्यु भएको छ । त्यस्तै २५ हजार २ सय जना निको भएर फर्किएका छन् ।