• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    कोरोना जितेर घर गएकी ६५ वर्षीया वृद्धा फेरि अस्पताल आएपछि…

  • वीरगंज संजाल
  • २२ बैशाख २०७७, सोमबार १६:१६
  • २९७१

    बागलुङ | निको भएर घर फर्किएकी जिल्लाकी दोस्रो तथा नेपालकी छैठौ कोरोना संक्रमित ६५ वर्षीया मनकुमारी पौडेल सोमबार अचानक धौलागिरी अञ्चल अस्पतालमा देखिइन् । अस्पतालमा आकस्मिक देखिएपछि केहिबेर वातावरण भयभित देखियो ।

     

    पछिल्ला दिन खोप कार्यक्रम र अन्य सेवाग्राहीको समेत बाक्लो उपस्थितिले भीड भइरहेको अस्पतालमा अचानक पूर्वसंक्रमित आमालाई देखेपछि स्वास्थ्यकर्मीदेखि सेवाग्राहीसम्म भयभित देखिएको प्रत्यक्षदर्शी रुपा थापाले बताइन् । ‘सबै आ-आफ्नो काम र उपचारको प्रतिक्षामा थियौँ, पहिले संक्रमित भएकी आमा अस्पताल आएको भन्ने भएपछि अस्पतालको माहोल एकैछिनमा भिन्न देखियो,’ थापाले भनिन्, ‘केहि आत्तिरहेका देखिन्थे, नर्सहरु बीच पनि कसले उनको परीक्षण गर्ने भन्नेमा एक आपसमा कानेखुशी गरेको देखिन्थ्यो ।’

    वृद्धावस्थामा पनि कोरोना जितेर अस्पतालबाट भव्य बिदाइ गरिए पनि १९ दिनपछि अस्पताल आउँदा आफूलाई पहिलेकै जस्तो फरक व्यवहारको अनुभूति भएको मनकुमारीले बताइन् । ‘डाक्टरले नै बोलाएको हुनाले घरबाट बुहारीलाई लिएर अस्पताल पुगेकी थिए’, उनले भनिन्, ‘कोरोना लागेको भनेर मलाई त्यहाँ कतै बस्दा पनि समस्या, उठेर यता उता गर्दा पनि समस्या भए जस्तो बुहारीमार्फत कुरा आएको रहेछ, यसलाई ठुलो रुपमा नलिए पनि मन केही खिन्न भने बनायो ।

    मनकुमारीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएपश्चात घरमा लिन जाने क्रममा रेडक्रसको एम्बुलेन्स चालक नै फरार भएका थिए । अस्पतालमा रहेका स्वास्थ्यकर्मी र अन्य व्यक्तिको बुहारीमार्फत यस्तो कुरा सुनेपछि स्वयम् आफैँ अरुबाट सर्ने जोखिमलाई ध्यानमा राखेर सचेतता अपनाइरहेको प्रतिक्रिया दिएको उनले बताइन् ।

    बागलुङ नगरपालिका–३ गौडाकोटकी ६५ वर्षीया पौडेललाई गत चैत्र १७ गते कोरोना संक्रमण पुष्टि भएको थियो । चैत्र ४ गते बेल्जियमबाट कतार एयरवेजको विमान हुँदै नेपाल आएका उनी वैशाख ६ गते निको हुँदै डिस्चार्ज भएकी थिइन्  अस्पतालको आइशोलेसन वार्डबाट डिस्चार्ज गरिए पनि होम क्वारेन्टाइनमै बस्न सुझाव दिइएको थियो ।

    दम र प्रेसरको समस्याबाट ग्रसित उनमा सुगरको समेत संकेत देखिए पछि फलोअपका लागि बोलाइएको अस्पतालका सूचना अधिकारी तीर्थराज गौतमले बताए । ‘सुगर र प्रेसर जाँचकै लागि अस्पतालबाट बोलाएर आउनुभएको हो’, गौतमले भने, ‘तर अस्पताल परिसरमा ठूलै संख्यामा सेवाग्राही भएकाले केही भयको अवस्था बन्यो, त्यो पुरानो संक्रमितको मनोविज्ञानसँग जोडेर हो ।’

    धौलागिरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा.शैलेन्द्र बि पोखरेलले पूर्व संक्रमित मनकुमारीको अवस्था सामान्य रहेको बताए । ‘पहिलेकै उपचारका क्रममा सुगरको आंशका भएकाले चेकअपका लागि बोलाइएको हो, अहिले सुगर बढ्न लागेकाले औषधि दिएर पठाएका छौँ,’ डा.पोखरेलले भने, ‘डिस्चार्ज भएर जाँदा दुई साता होम क्वारेन्टाइनमै बस्न भनेका थियौँ, अझै केहि दिन सचेतता अपनाउनुस् भनेका छौँ ।

    annapurnapost.

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट
  • गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग
  • भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत
  • ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट

    गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग

    भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत

    ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’

    रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण, गृहमन्त्रीको राजीनामा हुनै पर्छ : बुर्लाकोटी

    मधेश प्रदेशमा बुधवार सार्वजनिक बिदा

    मेनपावर कम्पनी नवीकरण गर्दा अब गूगल प्लस कोडसहितको गूगल म्याप पनि आवश्यक पर्ने

    सडकमा गाडी रोकेर सामान बेच्ने ३ गाडीलाई ४५ हजार जरिबाना

    समुदाय विपद् स्वयंसेवक परिचालन आधारभूत तालिमको शुभारम्भ

    मधेस सरकारको बजेट खर्च २० प्रतिशतमात्रै

    मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट

    गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग

    भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत

    ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’

    रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण, गृहमन्त्रीको राजीनामा हुनै पर्छ : बुर्लाकोटी

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट

    News

    गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग

    News

    भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत

    News

    ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’

    News

    रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण, गृहमन्त्रीको राजीनामा हुनै पर्छ : बुर्लाकोटी

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑