बारामा बाट ठगीको आरोपमा प्रहरीले एक बिचौलिया नियन्त्रणमा
वीरगंज संजाल
२० बैशाख २०७७, शनिबार २२:३४
३३५७
सिमरा | मकै खरिदका क्रममा काँटामा तौल कम देखाएर किसान ठगी गरेको आरोपमा प्रहरीले बाराबाट एक बिचौलियालाई नियन्त्रणमा लिएको छ ।
जील्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६ का ओम प्रसाद उपे्रतीलाई आज ईलाका प्रहरी कार्यालय सिमराले पक्राउ गरेको हो ।
किसानबाट मकै खरिद गरि ब्ययवसायीलाई बिक्रि गर्दै आएका उनले कम तौल देखाउने काँटा प्रयोग गरि ठगी गरेको गुनासो आएपछी नियन्त्रणमा लिईएको ईलाका प्रहरी कार्यालय सिमराका प्रमुख, प्रहरी नायब उपरिक्षक गोविन्द पुरीले बताए ।
उनले प्रयोग गर्दै आएको काँटामा प्रति क्विन्टल ६ किलो कम तौल देखाउने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । पक्राउ परेका उप्रेतीलाई नेपाल गुणस्तर तथा नापतौल विभागको क्षेत्रीय कार्यालय वीरगञ्जमा पठाईएकोमा विभागले सात दिनभित्र उपस्थित हुन आग्रह गर्दै छाडेको छ ।
अनुसन्धानका लागि काँटा नियन्त्रणमा लिईएको र आवश्यक कागजातसहित सात दिनभित्र उपस्थित हुन भन्दै छाडिएको कायाृलयले जनाएको छ ।
उप्रेतीले यस सिजनमा मात्रै उक्त क्षेत्रका किसानबाट करिब दुई हजार पाँच सय क्विन्टल भन्दा बढी मकै खरिद गरिसकेको स्थानीय कृषकले बताए । हालसम्म कारोबार गरेका सबै किसानको ठगिएको रकम फिर्ता हुनुपर्ने उनले बताए ।