पछिल्लो २४ घण्टामा १ हजार २ सय ५२ जनाको नमूना परीक्षण,१७ अस्पतालमा पीसीआर विधिबाट परीक्षण
वीरगंज संजाल
२० बैशाख २०७७, शनिबार १७:२६
२२७५
काठमाडौं | देशभर अहिलेसम्म ६१ हजार ६ सय २७ जनामा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ। पीसीआरविधिमार्फत १३ हजार ९८ जनाको र र्यापिट डाइगोनोष्टिक टेष्ट (आरडिटी) मार्फत ४८ हजार ५ सय २९ वटा परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार पछिल्लो २४ घण्टामा १ हजार २ सय ५२ जनाको नमूना परीक्षण भएको छ।
प्रदेश १ मा ५ हजार २८२, प्रदेश २ मा ५ हजार ६ सय ८७, बागमतीमा ५ हजार ५ सय १५, गण्डकीमा ५ हजार ४ सय ११, प्रदेश ५ मा ४ हजार २ सय ४०, कर्णालीमा ५ हजार ५ सय ७१ र सुदूरपश्चिम प्रदेशमा १३ हजार ८ सय २३ जनाको आरडिटीबाट परीक्षण भएको मन्त्रालयले जनाएको छ।
आज कुनै संक्रमण नभेटिएको भन्दै प्रवक्ता देवकोटाले अहिलेसम्म ५९ जना संक्रमित रहेकोमा १६ जना अस्पतालबाट डिस्चार्ज भएको बताए । अहिलेसम्म पुरुष ४९ र महिला १० गरेर संक्रमितको संख्या ५९ पुगेको हो।
बाँकी ४३ संक्रमितको विभिन्न अस्पतालमा उपचार भइरहेको र संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ। काठमाडौं उपत्यका भित्र ४ जना र उपत्यका बाहिर ८५ जना गरी ८९ जना आइशोलेसनमा रहेका छन।
मुलुकभर २२ हजार ९ सय ७८ जना क्वारेन्टाइनमा छन्। मन्त्रालयका अनुसार प्रदेश १ मा २ हजार ८ सय ६५, प्रदेश २ मा १ हजार ३ सय ९१, बागमतीमा ५ सय ११, गण्डकीमा ६ सय ३२, प्रदेश ५ मा ११ हजार ३ सय ४, कर्णालीमा ३ हजार २ सय ७५ र सुदूरपश्चिम प्रदेशमा ३ हजार जना क्वारेन्टाइनमा छन्।
शनिबारबाट देशभरका १७ अस्पतालबाट पोलिमरेज चेन रियाक्सन (पीसीआर) विधिबाट परीक्षण सुरु भएको छ।
पीसीआर परीक्षणा सेती प्रादेशिक अस्पताल, धनगढी, प्रादेशिक प्रयोगशाला ,सुर्खेत, राष्ट्रिय गहुँ बाली अनुसन्धान केन्द्र, भैरहवा, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा, भरतपुर कोभिड-१९ डायग्नोस्टिक प्रयोगशाला चितवन, किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र, हेटौँडा, काठमाडौं विश्वविद्यालय शिक्षण अस्पताल, धुलिखेल, जनकपुर प्रादेशिक अस्पताल जनकपुर, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, कोसी अस्पताल विराटनगर, वीर अस्पताल काठमाडौं, पाटन अस्प्ताल, ललितपुर, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुलगायतमा पनि कोरोना परीक्षण भइहेको छ।