• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    कति प्रभावकारी छ कोरोना संक्रमितका लागि प्लाज्मा थेरापी ?

  • वीरगंज संजाल
  • १७ बैशाख २०७७, बुधबार ०६:३५
  • ३७२३

    कोरोना भाइरस (कोभिड–१९)को औषधि पत्ता लगाउन अहिले संसारभरका चिकित्सक तथा वैज्ञानिक लागिपरेका छन् । यद्यपि, हालसम्म यसको पूर्ण उपचार पद्धति भने पत्ता लागेको छैन । यसैबीच, रोग प्रतिरोधी क्षमतामा वृद्धि ल्याउन विभिन्न थेरापीको प्रयोग हुन थालेको छ । जसमध्ये कन्भलेसेन्ट प्लाज्मा थेरापी (सिपिटी) पनि एक हो ।

    सिपिटीको प्रयोग लामो समयदेखि सार्स कोभिड, एच १ एन १, मर्स कोभिडका सक्रमितमा हुँदै आएको छ । यस्ता भाइरससँग कोभिड–१९ का केही लक्षण मिल्ने गरेका छन् । यसर्थ, यो थेरापी कोरोना संक्रमितका लागि पनि प्रभावकारी हुन सक्ने अनुमान गरिएको छ । तर, कुनै वैज्ञानिक प्रमाण भने छैैन ।

     

     

     

     

     

    के हो प्लाज्मा ?

     प्लाज्मा रगतमा पाइने एक किसिमको तरल पदार्थ हो । रगतबाट छुट्याएपछि यो हलुका पहेँलो रङमा देख्न सकिन्छ । यसले शरीरमा आवश्यक पर्ने भागमा प्रोटिन पु¥याउने काम गर्छ । रगतमै पाइने एन्टीबडी पनि एक किसिमको प्रोटिन हो । यसले शरीरमा विभिन्न किसिमका रोगबाट हुने आक्रमणको प्रतिरोध गर्छ ।

    के हो कन्भलेसेन्ट प्लाज्मा थेरापी ?

    सामान्यतया, भाइरल रोगको कुनै विशेष उपचार पद्धति हुँदैन । जटिलताका आधारमा यस्ता रोगको उपचार गरिन्छ । त्यस्तै, नयाँ देखिएको कोभिड–१९ को पनि अहिलेसम्म कुनै उपचार पद्धति पत्ता लागेको छैन । भाइरससँग लड्नका लागि शरीरमा प्रतिरक्षा प्रणाली (इम्युनिटी सिस्टम)ले काम गरिरहेको हुन्छ । जसले रगतको माध्यमबाट इम्युनोग्लोबुलिन उत्पादन गर्छ ।

    कोरोनाविरुद्ध लड्नका लागि मानव शरीरले प्रतिरोधी क्षमता विकास गर्न कम्तीमा १० देखि १४ दिन लाग्ने गर्छ । यदि सुरुवातीको चरणमै बिरामीमा प्लाज्मा थेरापी अपनाउने हो भने भाइरससँग लड्ने क्षमतामा वृद्धि गर्न सकिन्छ ।

    प्लाज्मा थेरापीको माध्यमबाट रगतबाट उक्त इम्युनोग्लोबुलिनलाई हटाइन्छ । कुनै भाइरसको संक्रमणका कारण शरीरमा एन्टिबडीले काम गर्न असमर्थ हुँदा वा रोगबाट निको हुने सम्भावना कम भएमा प्लाज्मा थेरापीको विधि अपनाइन्छ ।

    प्रतिरक्षा प्रणालीले शरीरमा एन्टिबडी विकास गर्न र भाइरसविरुद्ध लड्नका लागि खोप दिइने गरिन्छ । तर, कोरोनाविरुद्ध अहिलेसम्म कुनै भ्याक्सिन पत्ता लागेको छैन । एक अध्ययनअनुसार, मानव शरीरले कोरोनाविरुद्ध लड्नका लागि प्रतिरोधी क्षमता विकास गर्न कम्तीमा १० देखि १४ दिन लाग्ने गर्छ । यदि, सुरुवातीको चरणमै बिरामीमा प्लाज्मा थेरापी अपनाउने हो भने भाइरससँग लड्ने क्षमतामा वृद्धि गर्न सकिन्छ ।

    प्लाज्मा थेरापी एकदमै छोटो समयमा गरिन्छ । शरीरमा रगत जम्मा गरेर प्लाज्मालाई मेसिनको माध्यमबाट छुट्याइन्छ र बाँकी रगत शरीरमै फिर्ता पठाइन्छ । सामान्यतया, यो विधि भाइरसले ल्याउने जटिलतालाई कम गर्न सहयोगी हुन्छ । कोरोनाका केही बिरामीमा यो विधि प्रयोग गरिए पनि यसबारे विज्ञानले पूर्ण रूपमा प्रमाणित गरेको छैन । तर, प्लाज्मा थेरापीले कतिपय अवस्थामा अन्य समस्या पनि सिर्जना गर्न सक्ने भएकाले सबै बिरामीका लागि उपयुक्त नहुन सक्छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट
  • गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग
  • भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत
  • ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट

    गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग

    भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत

    ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’

    रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण, गृहमन्त्रीको राजीनामा हुनै पर्छ : बुर्लाकोटी

    मधेश प्रदेशमा बुधवार सार्वजनिक बिदा

    मेनपावर कम्पनी नवीकरण गर्दा अब गूगल प्लस कोडसहितको गूगल म्याप पनि आवश्यक पर्ने

    सडकमा गाडी रोकेर सामान बेच्ने ३ गाडीलाई ४५ हजार जरिबाना

    समुदाय विपद् स्वयंसेवक परिचालन आधारभूत तालिमको शुभारम्भ

    मधेस सरकारको बजेट खर्च २० प्रतिशतमात्रै

    मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट

    गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग

    भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत

    ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’

    रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण, गृहमन्त्रीको राजीनामा हुनै पर्छ : बुर्लाकोटी

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट

    News

    गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग

    News

    भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत

    News

    ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’

    News

    रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण, गृहमन्त्रीको राजीनामा हुनै पर्छ : बुर्लाकोटी

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑