पर्साको पाेखरिया अस्पताललाइ स्वाब संकलन बुथ हस्तान्तण
वीरगंज संजाल
१६ बैशाख २०७७, मंगलवार १६:११
५४११
पर्सा | पर्साको पोखरिया नगरपालीकामा रहेको पोखरिया जिल्ला अस्पताल पर्सामा प्रदेश सरकार भौतिक पुर्वाधार बिकास मन्त्रालय खानेपानी तथा सरसफाई डिभिजन कार्यालय बारा कलैया प्रदेश नम्बर २ को डिभिजन कार्यालय प्रमुख जक्कि अहमद अंसारी द्धारा जन्ता समाज बादी पार्टी को सह–महा सचिव निजामोदिन समानी ज्युको बिषेश पहलमा आज सवाब संकलन बुथ केन्द्र पोखरिया अस्पतालका मेडिकल सुपरिटेन्डेड डाक्टर अनिल यादवलाई हस्तान्त्रण गरियो ।
सो हस्तान्त्रण समारोहमा पोखरिया नगरपालीकाको नगर प्रमुख दिपनारायण रौनियार, उप प्रमुख सलमा खातुन,पोखरिया अस्पताल ब्यस्थपन समितीको अध्यक्ष लक्षुमन साह कानु, रेडियो पोखरिया को स्टेशन मैनेजर महमद जनाब आलमको उपस्थितीमा हस्तान्त्रण गरिएको हो।