पर्सामा कोरोनाको उपचारमा खटिएका स्वास्थ्यकर्मी र समाचार संकलनगर्ने संचारकर्मीको रिपोट नेगेटिभ
वीरगंज संजाल
९ बैशाख २०७७, मंगलवार १७:३०
३८१७
बीरगन्ज । कोरोना संक्रमितको उपचारमा खटिएका नारायणी अस्पतालका स्वास्थ्यकर्मी पिसिआर टेस्ट र पर्सामा कोरोना संक्रमितको समाचार संकलन गर्ने संचारकर्मीहरुको च्म्त् चेक नतिजा नेगेटिभ आएको छ ।
लगातार सात दिनसम्म संक्रमितको उपचारमा खटिएका उनीहरुको पिसिआर टेस्टको नतिजा पनि नेगेटिभ आएको हो । यसअघि ती स्वास्थ्यकर्मीको आरडिटीको नतिजा पनि नेगेटिभ नै आएको थियो । गत बैशाख ६ गते सबैजनाको आरडिटीको नतिजा आएपछि सोही दिन पिसीआर परिक्षणका लागि उनीहरुको स्वाब संकलन गरिएको थियो ।
तीन जना भारतीय कोरोना संक्रमितसँगै रौतहटमा फेला परेको संक्रमित एक युवक पनि नारायणीकै आइसोलेसनमा उपचाररत छन् ।“पहिलो चरणमा सात दिनका लागि खटिएका थियौं” नारायाणी अस्पतालका चिकित्सक डा. निरज कुमार सिंहले भने “पिसिआर टेस्ट गरायौं, नतिजा नेगेटिभ नै आएको छ, भगवानलाई धन्यवाद दिन चाहन्छु ।”
डा. सिंहसहित मेसु डा. मदन उपाध्याय, डा. उदय नारायण सिंह, डा. राकेश तिवारी, डा. निरा पाठक, डा. अनुप यादव, डा. म. सहाबुद्दिन, डा. दिपक चौरसियाको स्वाब परिक्षणको नतिजा नेगेटिभ आएको हो । साथै, स्वास्थयकर्मीहरु मनिषा पाण्डे, अस्मिता थापा, श्रुति साह पनि परिक्षणको नतिजा नेगेटिभ आएको डा. सिंहले जानकारी दिए ।
यसै गरि समाचार संकलन गर्ने संचारकर्मी दिपक चौरसिया, अमित अग्रवाल, श्रवण कुमार र नरेश सर्राफ लगायतहरुको RDT चेक नतिजा नेगेटिभ आएको छ । संक्रमितहरुको उपचारमा यो हप्ता डा. हरिलाल प्रसाद जैसवालको नेतृत्वमा डा. कृष्ण अधिकारी, डा. एराज खान लगायतको स्वास्थ्यकर्मीको टोलि खटिरहेको छ ।