• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    वीरगञ्ज नाकाबाट चेकजाँच गर्न भ्याइनभ्याई

  • वीरगंज संजाल
  • २ चैत्र २०७६, आईतवार ११:२४
  • ६५०३

    वीरगञ्ज । वीरगञ्ज रक्सौल नाकामा शनिबार साँझ नियमित भन्दा बेग्लै दृश्य देखियो । एक जना व्यक्ति दुवै हातमा ज्वरो नाप्ने डिजिटल मेसिन लिएर मानिसहरुको निधार नजिकै पुर्‍याउँथे । एक जनाकोमा दुईचार सेकेन्ड जति राखेपछि दौडेर अर्कोमा पुग्थे । नजिक आएजतिको ज्वरो नाप्न उनलाई चटारो थियो । उनी थिए हेल्थ असिस्टेन्ट अहेब अमिताव आलम ।

    वीरगञ्ज महानगरपालिकाले सीमा क्षेत्रमा कोरोना भाइरसको संक्रमण नभित्रियोस भनेर हेल्थ डेक्स राखेको छ । केहिदिन यता आलम हेल्थ डेस्कमा कार्यरत छन् । ड्युटीमा रहेका अहेब दिपेन्द्र प्रसाद खाजा खान गएका कारण हेल्थ डेस्कमा रहेको दुईवटै ज्वरो नाप्ने मेशिन उनको हातमा परेको हो ।

    वीरगञ्ज नाकामा पहिला भारत बाहेक चीन लगायत तेस्रो मुलुकबाट आउने यात्रुमा मात्रै ‘स्त्रिmनिङ’ गर्ने गरिएको थियो । भारतमा कोरोना भाईरसकै कारण दुईजनाको मृत्यु भएसँगै गएपछि वीरगञ्ज नाकामा थप सतर्कता अपनाइएको छ ।भारतीय नागरिक वा भारत पुगेर आएका नेपाली नागरिकको पनि स्क्रिनिङ गर्न थालिएको छ । हेल्थ डेस्कमा महानगरपालिकाले ७ जना स्वास्थ्यकर्मी खटाएको छ ।

    मोतिहारीबाट निजी कारमा नेपाल आएका रणधित कुमारले गाडीबाट ओर्लेरै ज्वरो नपाए । ‘हामीतिर कोरोनाको संक्रमण छैन, तर यहाँ सतर्कता अपनाइएको रहेछ । त्यसैले मैले पनि ज्वरो नाप्न लगाए’ उनले भने, ‘सतर्कता अपनाउनु जरुरी छ ।’

    वीरगञ्जकै रञ्जन कुमार गुप्ता मोटरसाइकलमा रक्सौल आउजाउ गरिरहन्छन् । शनिबार पनि दुईतीन पटक ओहोर दोहोर गरे । तर उनको एकपटक पनि ज्वरो नापिएन । ‘भीड देखेपछि मोटरसाइकल रोकेर हेर्न आएको हुँ’ उनी भन्दै थिए । उनले रक्सौलतर्फ कोरोनालाई लिएर कुनै प्रकारको जाँच नहुने गरेको बताए ।

    वीरगञ्ज-रक्सौल नाकाबाट दैनिक हजारौंको संख्यामा मानिसहरु ओहोरदोहोर गर्छन् । टेप्पो, ईरिक्सा, टाँगा, बस मात्रै होइन, निजी सवारी साधनमा मानिसहरु आउँछन् । उनीहरुको सबैको चेकजाँच गर्नु दुई जनाले भ्याउने अवस्था छैन । तर आफूहरुले भ्याएसम्म सबैको ज्वरो नापेको स्वास्थ्यकर्मीहरु बताउँछन् ।हेल्थ डेस्क स्थापना भएदेखि शनिबारसम्म ६ सय ६३ जनाको मात्रै स्त्रिmनिङ भएको थियो । सबैमा शरीरको तापक्रम सामान्य पाइएको छ ।

    पुरानो अध्यागमन कार्यालयमा रहेको हेल्थ डेस्कलाई ५० मिटर उत्तर तर्फ पहिला एभरेष्ट बैंकको एटीएम राखेको ठाउँमा सारिएको छ । ‘पहिला भन्दा डेस्क थोरै व्यवस्थित छ’ अहेब गुप्ताले भने ‘प्रदेशबाट १० थान ग्लोभ्स लगायत समान आएको छ ।’वीरगञ्ज महानगरपालिका सामाजिक महाशाखा प्रमुख अरुण महतो स्वयं जनशक्ति र ज्वरो मापन गर्ने मेशिनको संख्या थप्नुपर्ने देखिएको बताउँछन् । ‘कोरोना भाइरसको जोखिम बढ्दै गएको छ, हेल्थ डेस्कमा दुईवटा मात्रै ज्वरो नाप्ने मेशिन छ’ उनले भने ‘जनशक्ति पनि अझै आवश्यक देखिन्छ ।’

    शनिबार नै स्वास्थ्य मन्त्रालय स्वास्थ्य सेवा विभागका जनस्वास्थ्य अधिकृत रामजी बानियाँ, प्रदेशका तर्फबाट विजय कुमार झा, नारायणी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट मनोज उपाध्याय लगायतको टोलीले हेल्थ डेस्कको निरीक्षण गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता
  • साइलेन्सर’ जस्ता सांसदहरु
  • सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा
  • मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक जना युवक वीरगञ्जबाट पक्राउ

    नारायणी अस्पतालमा बिरामीको शरीरमै ब्लेड छोडिँदा चरम लापरबाही उजागर

    ५० लाख बराबरको चिनी खाल्डोमा पुरियो

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक जना युवक वीरगञ्जबाट पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    News

    साइलेन्सर’ जस्ता सांसदहरु

    News

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    News

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    News

    मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक जना युवक वीरगञ्जबाट पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑