बाराको जीतपुर बजारबाट बिप्लब समुहका बारा जिल्ला ईन्चार्ज पक्राउ
वीरगंज संजाल
२७ फाल्गुन २०७६, मंगलवार १४:३३
५३४१
वीरगन्ज । बाराको जीतपुर बजारबाट प्रतिबन्धीत बिप्लव नेतृत्वको नेकपाका एक कायृकर्ता पक्राउ परेका छन् ।बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय सिमरा र ईलाका प्रहरी कार्यालय जीतपुरबाट खटिएको प्रहरी टोलीले हेटौडा निवासी ईन्द्र बहादुर नकडोली (परियार) लाई उनले प्रयोग गर्ने बा २७ प १९९१ नम्बरको मोटरसाईकलसहित पक्राउ गरिएको ईलाका प्रह्री कार्यालय सिमराले जनाएको छ ।
उनको साथबाट बिप्लब समुहसँग सम्बन्धीत पर्चा पम्प्लेट, किताव, डायरी, बिभिन्न कम्पनीका मोबाईल ६ थान र नेपाल टेलिकमको ६ थान सिमकार्ड समेत बरामद भएको ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरिक्षक गोबिन्द पुरीले जानकारी दिए ।नकडोली विप्लव समुहको नारायणी ब्युरो सदस्य तथा बारा जिल्ला ईन्चार्ज समेत रहेको खुलेको पुरीले बताए । प्रहरीका अनुसार केहि समयअघी बाराको पिलुवास्थित एनसेल टावरमा भएको आलगागी घटनामा संलग्न रहेको पाईएको छ ।साथै बिभिन्न ब्यक्तीहरुसँग चन्दा असुलीमा समेत उनको संलग्नता रहेको पाईएको प्रहरी नायब उपरिक्षक पुरीले बताए ।