चन्द्रपुर नगरपालिकाका विद्यालयहरूमा वार्षिक परीक्षा चैत ७ देखि
वीरगंज संजाल
२३ फाल्गुन २०७६, शुक्रबार ११:२६
४९५३
राैतहट । राैतहटकाे चन्द्रपुर नगरपालिकाले विद्यालय तहकाे वार्षिक परीक्षा चैत ७ गतेदेखि १४ गतेसम्म संचालन गर्ने भएको छ । काेराेना भाइरस फैलने डरले नेपाल सरकारले कक्षा १ देखि ९ सम्मकाे वार्षिक परीक्षा चैत ५ सम्म सम्पन्न गर्न देशैभरका विद्यालयलाई अनुरोध गरे पनि आन्तरिक तयारीमा अलिक समय लाग्ने भएकाले ७ गतेदेखि सुरू गर्न लागेको चन्द्रपुर नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख दिपेन्द्र मण्डलले बताउनुभयो ।
विशेषगरी कक्षा ८ काे स्थानीय तह परीक्षाकाे फारमहरू संकलन गर्ने, सिम्बाेल नम्बरहरू हालेर प्रवेशपत्र जारी गर्नुपर्ने भएकाले तयारीमा समय लाग्ने उहाँको भनाइ छ । त्यसैगरी १ देखि ९ कक्षा सम्मकाे वार्षिक परिक्षाकाे प्रश्नपत्र छपाई, उत्तरपुस्तिका व्यवस्थापन पनि गर्न तयारी नपुगेकाले ७ गतेदेखि परीक्षा संचालन गर्न लागिएको उहाँले जानकारी दिनुभयो ।
याे तालिका अनुसार नगरपालिका भित्रका सबै सामुदायिक एवम् संस्थागत विद्यालयहरूमा एकैसाथ परीक्षा संचालन हुने मण्डलले बताउनुभयो । यसअघि नगरपालिकाकाे वार्षिक शैक्षिक क्यालेन्डर अनुसार चैत १३ गतेदेखि वार्षिक परीक्षा सुरु गर्ने कार्यतालिका रहेको थियो ।
चन्द्रपुर नगरपालिकामा १२ वटा माध्यमिक विद्यालय सहित ४६ वटा सामुदायिक र ८ वटा माध्यमिक विद्यालय सहित ३२ वटा निजी तथा संस्थागत विद्यालय रहेका छन् । ती विद्यालयम २२ हजारभन्दा बढी विद्यार्थीहरू अध्ययनरत रहेको साे शाखाले जनाएकाे छ ।जिल्लाका अन्य स्थानीय तहहरूले पनि काेराेनाकाे त्रासले आफ्नाे वार्षिक शैक्षिक क्यालेन्डर अगावै वार्षिक परीक्षा संचालन गर्ने भएका छन् ।