• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    कोरोना भाइरसका केही लक्षण तथा संक्रमण हुनबाट कसरी बच्ने

  • वीरगंज संजाल
  • Mar 4, 2020, 7:32 am
  • १०४३५

    वीरगंज | अनुसन्धानकर्ताहरुका अनुसार कोरोना भाइरस कोभिड १९ बाट संक्रमित १ हजार जनामा ५ देखि ४० जनाको मृत्यु हुनसक्छ । अर्थात् मृत्युदर १ देखि ४ प्रतिशतसम्म छ । तर, यो दरलाई विभिन्न कुराहरुले फरक पार्छन् जस्तै : उमेर, लिङ्ग, स्वास्थ्य अवस्था र देशको स्वास्थ्य प्रणाली, व्यवस्थापन पद्धति ।

    यो मृत्युदर पत्ता लगाउनै मुस्किल…

    कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या यति भनेर सञ्चार माध्यमहरुमा छ्याप्छ्याप्ती आएपनि यसको यकिन अंक निकाल्न अत्यन्तै कठिन भएको बताउँछन् अनुसन्धानकर्ताहरु ।संक्रमित सङ्ख्याको गणना त सही तरिकाले हुन गाह्रो छ भने मृत्यु सङ्ख्या नै घटाउने काम चाहिँ फलामकै चिउरा चपाउनु सरह भएको अनुसन्धानकर्ताहरुको भनाइ हो ।सामान्य लक्षण देखापर्ना साथ स्वास्थ्य जाँच गराउने बानी नभएकाले पनि प्रारम्भिक चरणमा कोरोना भाइरसको पहिचान गर्न कठिन हुने बताउँछन् उनीहरु ।

    विभिन्न देशहरुमा प्रारम्भिक चरणको संक्रमण पत्ता नलाग्नाले पनि मृत्यु सङ्ख्यामा कमी ल्याउन कठिन भएको छ, चिकित्सकहरुलाई ।
    मृत्यु हुनु/नहुनुमा के कुराले फरक पार्छ ?

    कोरोना भाइरसबाट संक्रमित भइसकेका केही व्यक्तिहरुको मृत्यु हुने सम्भावना बढी हुन्छ जस्तै : वृद्धवृद्धा, अस्वस्थ्य र सम्भवतः पुरुष ।
    चीनका पहिला ४४ हजार जना कोरोना भाइरसबाट संक्रमितहरुमा गरिएको अनुसन्धान अनुसार वृद्धवृद्धाको मृत्यु दर अधवैंशे वा युवाहरु भन्दा १० गुणाले बढी थियो ।

    ३० वर्षभन्दा मुनिका व्यक्तिहरुको मृत्युदर अत्यन्तै न्यून थियो : ४५ सय जना मृत्यु भएकामध्ये ८ जना मात्र ३० वर्षभन्दा मुनिका थिए ।
    र, मधुमेह, मुटुका रोगी, उच्च रक्तचाप, श्वासप्रश्वाससम्बन्धि समस्या भएकाहरुमा मृत्युको सम्भावना ५ गुणा बढी थियो ।
    महिलाको तुलनामा मृत्यु हुने पुरुषहरुको सङ्ख्या तुलनात्मक रुपमा बढी थियो ।

    कोरोना भाइरसका केही लक्षण

    कोरोना भाइरसका लक्षण प्राय रुघाखोकी र मौसमी ज्वरोसँग मिल्दोजुल्दो भएकाले अधिकांशले यसलाई सामान्य रुपमा लिन्छन् र नजरअन्दाज गरिदिन्छन् ।

    टाउको दुख्ने

    खोकी

    सास फेर्न गाह्रो

    मांसपेशीमा दुखाई

    ज्वरो

    शुरुमा ज्वरो त्यसपछि सुख्खा खोकी, एक हप्तापछि सास फेर्न कठिनाइ आदि ।

    विश्व स्वास्थ्य संगठनका अनुसार यी लक्षणहरु देखापर्नासाथ स्वास्थ्य चौकी वा अस्पतालमा जाँच गराइहाल्नुपर्दछ । हुनसक्छ यी सामान्य रुघाखोकी वा मौसमी ज्वरोका लक्षण हुन् तर, ७६ वटा भन्दा बढी देशमा कोरोना भाइरसको संक्रमण देखिइसकेको यस भयावह अवस्थामा भने सामान्य भन्दा सामान्य लक्षणसँग पनि सावधान रहनु उपयुक्त हुन्छ ।

    संक्रमण हुनबाट कसरी बच्ने

    व्यक्तिगत सुरक्षाका लागि हरेक व्यक्तिले आफ्नो तर्फबाट सावधानी अपनाउन सक्छन् । जस्तै :

    – पटकपटक साबुन पानीले हात धुने वा ह्यान्ड स्यानिटाइजरको प्रयोग गर्ने

    – खोक्दा वा हाँछ्यू गर्दा डिस्पोजेबल टिस्यु पेपरको प्रयोग

    – प्रयोग भइसकेका टिस्यु पेपर फालेर हात धुने

    – टिस्यु पेपर नभएको अवस्थामा पाखुराले मुख छोप्ने

    – सार्वजनिक स्थलबाट फर्किएपछि हात नधोइ आँखा, नाक, मुखतिर नछुने

    – संक्रमितको सम्पर्कमा नरहने

    – अनिवार्य मास्कको प्रयोग

    – सभा समारोह तथा भेलाहरुमा उपस्थित नहुने

    कस्तो मास्कको प्रयोग ?

    कोरोना भाइरसको प्रकोपबाट सारा विश्व त्रसित छ । श्वासप्रश्वासको माध्यमबाट सर्ने भएकाले पनि यसको प्रभाव अत्याधिक छिटो र धेरैजनामा परेको हो । यस अवस्थामा भाइरसबाट बच्ने सबैभन्दा सरल उपाय के हो त ? चिकित्सक तथा अनुसन्धानकर्ताहरु सुझाउँछन् : मास्क ।

    एन ९५ रेस्पिरेटर

    यस्तो मास्कले साना कणहरुलाई नाक वा मुखभित्र पस्नबाट प्रभावकारी ढङ्गले रोक्छ ।

    हावामा भएका ९५ प्रतिशत अनावश्यक कणहरुलाई छेक्छ ।

    यो एकदमै फिटिङ हुन्छ जसकारण चुहावट कम हुन्छ ।

    सर्जिकल मास्क

    सर्जिकल मास्क डिस्पोजेबल हुन्छ । एकपटक प्रयोग गरिसकेपछि फेरिफेरि प्रयोग गरिरहन मिल्दैन । ३ देखि ८ घण्टासम्म यसलाई प्रयोग गर्न मिल्ने बताउँछन् चिकित्सक ।

    यस्ता मास्कले -याल, थुक वा सिँगानजस्ता शरीरबाट निष्कासन हुने तरल पदार्थबाट सर्ने रोगबाट बचाउनसक्छ । तर, कोरोना भाइरसजस्तो हावाको माध्यमबाट पनि सर्ने रोगबाट बच्न खासै प्रभावकारी हुँदैन ।
    यसले :

    हावामा भएका ठूला कणहरुबाट बचाउँछ ।

    ससाना कणहरुबाट बचाउन सक्दैन ।

    यो फिटिङ हुँदैन जसकारण चुहावटको बढी सम्भावना हुन्छ ।

    कोरोना भाइरसको गम्भीर मामिलामा निमोनिया, सास फेर्न नसक्ने, किड्नी फेल र मृत्युसम्म हुनसक्छ ।

    कोरोना भाइरसको संक्रमण देखिएमा के गर्ने ?

    अहिलेसम्म कोरोना भाइरसको औषधि पत्ता लागेको छैन तर, संक्रमित व्यक्तिलाई लक्षणको असर कम गर्ने औषधि दिइन्छ । लक्षण देखापरेका व्यक्ति जबसम्म पूर्ण रुपमा ठीक हुँदैनन् तबसम्म अरु व्यक्तिभन्दा टाढै बस्नुपर्ने हुन्छ ।

    कोरोना भाइरसको उपचारका निमित्त खोप विकास गर्नलाई द्रूत गतिमा काम भइरहेको छ । अनुसन्धानकर्ताहरुले मानिसमा यसको परिक्षण गर्ने तयारी गरिरहेका छन् । साथै विभिन्न अस्पतालमा कोरोना भाइरसको एन्टी भाइरल औषधि बनाउने र परिक्षण गर्ने काम समानान्तर रुपमा जारी छ ।

    कोरोना भाइरसको प्रकोप सारा विश्वमा तीव्र गतिले फैलिरहेको छ । चीनको वुहानबाट फैलिएको कोरोनाका कारण हालसम्म मृत्यु हुनेको संख्या ३ हजार १ सय ३१ पुगेको छ भने संक्रमितहरुको संख्या ९२ हजार २ सय ६८ पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सिरहामा एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद
  • विज्ञान शिक्षामा प्रयोगात्मक ज्ञान र अनुसन्धान केन्द्र विस्तारका लागि जेन जि पर्साका संयोजक बिशेष साहको प्रस्ताव तथा पहल
  • ६५–७५ बिघा जग्गा रहेको श्रीराधाकृष्ण मठ संरक्षणको अभावमा जीर्ण
  • नेपाल बौद्धिक परिषद् रौतहटका अध्यक्ष तथा पत्रकार झामाथि बैरगनियामा सांघातिक आक्रमण
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सिरहामा एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद

    विज्ञान शिक्षामा प्रयोगात्मक ज्ञान र अनुसन्धान केन्द्र विस्तारका लागि जेन जि पर्साका संयोजक बिशेष साहको प्रस्ताव तथा पहल

    ६५–७५ बिघा जग्गा रहेको श्रीराधाकृष्ण मठ संरक्षणको अभावमा जीर्ण

    नेपाल बौद्धिक परिषद् रौतहटका अध्यक्ष तथा पत्रकार झामाथि बैरगनियामा सांघातिक आक्रमण

    मितेरी पुलमा सर्वसाधारणका लागि नि:शुल्क चिसो पानी, विश्रामस्थल र फलफूलका बिरुवा वितरण

    प्रमुख प्रशासकीय अधिकृत सहित देशभरका ५२ शाखा अधिकृतको सरुवा

    राजेशमान सिंहले विशेष अदालतबाट पाए सफाइ, निलम्बनमा परेकाे मेयर पद भयाे फुकुवा

    ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने

    आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट

    वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन

    सिरहामा एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद

    विज्ञान शिक्षामा प्रयोगात्मक ज्ञान र अनुसन्धान केन्द्र विस्तारका लागि जेन जि पर्साका संयोजक बिशेष साहको प्रस्ताव तथा पहल

    ६५–७५ बिघा जग्गा रहेको श्रीराधाकृष्ण मठ संरक्षणको अभावमा जीर्ण

    नेपाल बौद्धिक परिषद् रौतहटका अध्यक्ष तथा पत्रकार झामाथि बैरगनियामा सांघातिक आक्रमण

    मितेरी पुलमा सर्वसाधारणका लागि नि:शुल्क चिसो पानी, विश्रामस्थल र फलफूलका बिरुवा वितरण

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    सिरहामा एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद

    News

    विज्ञान शिक्षामा प्रयोगात्मक ज्ञान र अनुसन्धान केन्द्र विस्तारका लागि जेन जि पर्साका संयोजक बिशेष साहको प्रस्ताव तथा पहल

    News

    ६५–७५ बिघा जग्गा रहेको श्रीराधाकृष्ण मठ संरक्षणको अभावमा जीर्ण

    News

    नेपाल बौद्धिक परिषद् रौतहटका अध्यक्ष तथा पत्रकार झामाथि बैरगनियामा सांघातिक आक्रमण

    News

    मितेरी पुलमा सर्वसाधारणका लागि नि:शुल्क चिसो पानी, विश्रामस्थल र फलफूलका बिरुवा वितरण

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑