थारुवान राष्ट्रिय मोर्चाको आमहड्तालका कारण दाङ ठप्प
वीरगंज संजाल
२० फाल्गुन २०७६, मंगलवार ११:०५
५४१५
दाङ । दाङमा थरुहट थारुवान राष्ट्रिय मोर्चाको आमहडतालको प्रभाव आज बिहानै देखि देखिएको छ । हड्तालका कारण दाङका बजार, कलकारखाना, उद्योग धन्दा, शिक्षण संस्थाका साथै सवारी तथा यातायातका साधनहरु पूर्ण रुपमा बन्द रहेका छन् ।चोक चोकमा थरुहटका कार्यकर्ताहरु देखिएका छन् । उनिहरुले अतिआबश्यक सवारी साधन, शव वाहन, दुध बोक्ने गाडी, मानवअधिकारकर्मी, पत्रकार, पर्यटन र कुटनितिक नियोगका सवारी साधनलाई भने सन्चालन हुन दिने बताएका छन् ।
थरुहट थारुवान राष्ट्रिय मोर्चाले आज र भोलि आम हडतालको घोषणा गरेको छ। गत पुस २२ गते सरकारसँग १४ बुदे माग राखी आफनो माग सम्वोधन गर्न पुस मसान्तसम्मको अल्टिमेटम सहित ज्ञापन पत्र बुझाए पनि सरकारले आफुहरुकोमाग प्रति कुनै सुनुवाई नगरेको भन्दै आम हड्तालको घोषणा गरिएको विज्ञप्तीमा भनिएको छ ।मोर्चाले आफनो माग पूरा गर्नका लागि दबाव स्वरुप आन्दोलन गर्न लागीएको जनाएको छ ।