• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    महोत्तरीका वडाअध्यक्ष भारतीय नागरिक भएकाे खुलासा

  • वीरगंज संजाल
  • १९ फाल्गुन २०७६, सोमबार ११:२२
  • ५०२१

    जनकपुरधाम |  महोत्तरीका वडाअध्यक्ष नै दुई देशको नागरिक रहेको प्रमाण फेला परेको छ । अमेरिका, बेलायत, अस्ट्रेलियालगायत अन्य थुप्रै देशहरुमा दोहोरो नागरिकताको सुविधा छ। अर्थात कुनै व्यक्तीले अर्को देशको नागरिकता भएर पनि ती देशका नागरिकता लिन सक्छन् । तर, नेपालमा भने त्यस्तो कानून छैन । यहाँ कसैले कुनै अर्को देशको नागरिकता लियो भने उसको नेपालको नागरिकता कायम नरहने व्यवस्था नेपालको नागरिकता ऐन, २०६३ मा उल्लेख छ।

    तर, नागरिकताको सिफारिश र नागरिकताको प्रतिलिपि लिनका लागि सिफारिश गर्ने व्यक्तिले नै दोहोरो नागरिकता लिएको छ भने के हुन्छ ? एकपटक सोचौँ त……जो कोहिलाई पनि पक्कै अच्चम लाग्न सक्छ ।तपाईंलाई अच्चम लागेपनि महोत्तरीमा एकजना वडाअध्यक्ष नै दुई देशको नागरिक रहेको प्रमाण फेला परेको छ ।

    संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले जारी गरेको आदेशमा नगरपालिकाका प्रमुख र गाउँपालिकाका अध्यक्षले ३१ र वडाध्यक्षहरूले ५५ वटा काम गर्नुपर्ने कानूनी व्यवस्था छ । तर जनतालाई कानूनको पालना गर्न सिकाउने जनप्रतिनिधि नै गैरनागरिक रहेको प्रमाण फेला परेको हो ।

    महोत्तरी जिल्लाको रामगोपालपुर नगरपालिका वडा नम्बर-५ का वडाध्यक्ष जितेन्द्र चौधरी भारत र नेपाल दुबै देशको नागरिक रहेको भेटिएको छ ।

    स्थानिय तहको चुनावमा स्वतन्त्रबाट वडाअध्यक्षमा जितेका चौधरी भारतको सितामढी जिल्लाको सिरसिया बजारको बासिन्दा रहेको प्रमाण फेला परेको छ ।

    भारतीय निर्वाचन आयोगको लिस्टमा समेत चौधरीको फोटो सहितको नामावली देखिएको छ भने उनको बुवा हिरा चौधरीको समेत फोटो सहित भारतको भोटरलिस्टमा नाम उल्लेख रहेको देखिएको छ । उनीहरूले सन् २०१९ मा भारतिय लोकसभा निर्वाचनमा मतदान समेत गरेका छन् ।

    यसैलाई आधार बनाएर वडाअध्यक्ष चौधरी बिरुद्ध रामगोपालपुर नगरपालिका वडा नम्बर-८ का स्थानीय हरिश्चन्द्र ठाकुरले जिल्ला प्रशासन कार्यालय महोत्तरीमा उनको नागरिकता छानविनको माग गर्दै उजुरी समेत दिएका छन् ।

    उजुरीकर्ता ठाकुरले जिल्ला प्रशासन कार्यालयमा दिएको उजुरीमा वडाअध्यक्ष जितेन्द्र २०१९ मा भारतमा सम्पन्न भएको लोकसभाको चुनाबमा समेत भोट गरेको प्रमाण पेश गरेका छन् । फर्जि कागजात पेश गरेर वडाअध्यक्ष चौधरीले भारतिय नागरिकताको साथै नेपाली नागरिकता समेत लिएको उजुरीकर्ताको आरोप छ । यस सम्बन्धमा महोत्तरीका प्रमुख जिल्ला अधिकारी सुर्यबहादुर खत्रीले निवेदन आइसकेकाले अनुसन्धान भइरहेको र दोषी ठहरिए कार्वाही गर्ने बताएका छन् ।

    उजुरीकर्ता ठाकुर आफुले जलेश्वर नगरपालिकाको कार्यालयमा समेत सबै प्रमाण लिएर गएपनि कसैले अहिलेसम्म खासै चासो नलिएको बताउँछन्। यता नगरपालिकाकी उपमेयर सिता साहले उजुरीकर्ता ठाकुरले वडाअध्यक्ष चौधरी भारतीय नागरिक रहेको भन्दै यसअघि भारतको विभिन्न कागजातहरु लिएर पालिकामा आएको भएपनि नागरिकता सम्बन्धि आफुहरु सँग कुनै अधिकार नभएका कारण केही फैसला नगरेको भन्दै यस सम्बन्धमा प्रशासनसँग सुक्ष्म अनुसन्धान गर्न आग्रह गरेकी छिन् ।

    नागरिकता ऐनको दफा २१ (१) मा विदेशीले नेपाली नागरिक भएको दाबी गरी नागरिकता लिने व्यक्तिलाई एक वर्षदेखि पाँच वर्षसम्म कैद वा ५० हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने प्रावधान छ । त्यस्तै दफा २१ कै उपदफा २ मा नागरिकता दिलाउन सनाखत या सिफारिस गर्नेलाई ६ महिना देखि एक वर्षसम्म कैद वा २५ हजार रुपैयाँदेखि ५० हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुने उल्लेख छ । Thenepaltop

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट
  • गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग
  • भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत
  • ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट

    गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग

    भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत

    ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’

    रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण, गृहमन्त्रीको राजीनामा हुनै पर्छ : बुर्लाकोटी

    मधेश प्रदेशमा बुधवार सार्वजनिक बिदा

    मेनपावर कम्पनी नवीकरण गर्दा अब गूगल प्लस कोडसहितको गूगल म्याप पनि आवश्यक पर्ने

    सडकमा गाडी रोकेर सामान बेच्ने ३ गाडीलाई ४५ हजार जरिबाना

    समुदाय विपद् स्वयंसेवक परिचालन आधारभूत तालिमको शुभारम्भ

    मधेस सरकारको बजेट खर्च २० प्रतिशतमात्रै

    मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट

    गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग

    भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत

    ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’

    रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण, गृहमन्त्रीको राजीनामा हुनै पर्छ : बुर्लाकोटी

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट

    News

    गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग

    News

    भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत

    News

    ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’

    News

    रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण, गृहमन्त्रीको राजीनामा हुनै पर्छ : बुर्लाकोटी

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑