दिल्ली । दिल्लीमा नागरिकता संशोधन कानून ‘सीएए’को विषयलाई लिएर भएको हिंस्रक प्रदर्शन मंगलबार पनि जारी रहेको छ ।सोमबार देखि सुरु भएको हिंस्रक प्रदर्शनमा अहिलेसम्म एक प्रहरी सहित ७ जनाको मृत्यु भएको छ भने १ सय भन्दा बढी घाइते भएको भारतीय सञ्चरामाध्यमहरुले जनाएका छन् । मृत्यु हुने प्रहरी हेड कन्सटेबल रतन लाल रहेको छ ।
दिल्लीको थुप्रै इलाकामा ढुङ्गा हानाहान र आगलागीपछि स्थिती तनावग्रस्त बनेको छ । हज्जारौंको संख्यामा रहेको प्रदर्शनकारीलाई नियन्त्रणमा लिन प्रहरीलाई हम्मेहम्मे परिरहेको छ । स्थितिलाई नियन्त्रणमा लिनका लागि प्रहरीले लाठीचार्ज गरेको छ । थुप्रै घर र व्यापारिक प्रतिष्ठानमाथि पनि आगजनी गरिएको छ । जुन इलाकामा हिंसा भएको छ त्यहाँ मुसलमानको ठूलो जनसंख्या छ । हिंसालाई ध्यानमा राखेर दिल्ली मेट्रोले पाँच स्टेशन बन्द गरेको छ ।