बिटु मिनरल वाटर अब नयाँ प्याकेजमा, मध्य तराईकै गुणस्तरीय उत्पादन रहेको संचालकको दावी
वीरगंज संजाल
२० माघ २०७६, सोमबार २२:१०
८१५९
वीरगंज | बारा जिल्लाको जितपुर सिमरा उप-महानगरपालिकास्थित यजत फुड नेपाल प्रालीद्वारा उत्पादित बिटु ब्राण्डको प्याकेज्ड मिनिरल वाटर अब नयाँ र आकर्षक प्याकेजमा आउने भएको छ ।
नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न सहयोग स्वरुप कम्पनिले अबको हरेक उत्पादनमा भिजिट नेपाल २०२० को लोगो राखेर प्याकेजिङ्ग गर्ने भएको छ । नेपालमा पर्यटन वर्षलाई सफल पार्दै आउने पर्यटकलाई सुद्ध, सफा र स्वास्थ्य पानि पिलाउने उद्देश्यले अबको हरेक उत्पादनमा भिजिट नेपाल २०२० को लोगो रहने कम्पनिका संचालकले जनाका छन् ।
२ वर्ष अगाडि लगभग ६ करोड रुपैयाको लगानीमा स्थापित यजत फुड नेपाल प्रालीद्वारा उत्पादित बिटु प्याकेज्ड मिनिरल वाटर आफ्नो राम्रो गुणस्तरका कारण मध्य तराईका सम्पूर्ण जिल्लाहरुमा लोकप्रिय पानिको ब्राण्डका रुपमा अगाडि आएकॊ छ । बारा, पर्सा, रौतहट, मकवानपुर, चितवन, सर्लाही, महोत्तरी जिल्लादेखि प्रदेश नं. २ को केन्द्र जनकपुरसम्म वितरण हुने बिट्टु प्याकेज्ड मिनरल वाटरले पुरानो ब्राण्डका पानिहरुलाई विस्थापित गर्दै गएको छ ।
नयाँ प्रविधि भित्र्याएर सुरु गरिएको यस कम्पनिको प्याकेज्ड मिनिरल वाटर अन्य ब्राण्डहरु भन्दा मिटो, सुद्ध र स्वास्थ्य रहेको स्थानीय व्यसायीहरुले बताउछन । कम्पनीका संचालक बिट्टु गुप्ताले बजारमा आउने अन्य ब्राण्डमा सुद्धता समस्या देखिएकोले आफुले नयाँ प्रविधि भित्र्याई २ वर्ष अगाडि पानि उत्पादन सुरु गरेको बताए ।
गुप्ताले प्राविधिक परीक्षणबाट पानीको गुणस्तरमा कुनै कमी–कमजोरी नदेखिएको बताउदै अत्याधुनिक मेसिनबाट सम्पूर्ण कार्य सम्पन्न हुने भएकाले पानीमा कुनै सन्देह नरहेको जानकारी गराए । उनले बजारमा उपलब्ध अन्य कयौं ब्राण्डको प्याकेज्ड मिनिरल वाटर बिना प्रसोधन सिधै बोतलमा राखेर बजारमा वितरण गरिने गरिएको समेत जानकारी गराए बताए ।
उनले अन्य ब्राण्डको तुलनामा आफ्नो उत्पादन सयौं गुणा सुद्ध र सफा भएको दावी गर्दै बोतलको गुणस्तर पनि अन्य भन्दा राम्रो र मजबुत भएको बताए । हाल दैनिक ६ हजार कार्टुन पानि उत्पादन गरिरहेको बिटु मिनरल वाटरको उत्पादन क्षमता थप गर्दै बजार विस्तार समेत् गर्ने योजना रहेको गुप्ताले बताए ।