• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    मिटरब्याजी मन्टुले अदालतबाट पाए सफाइ, पैसा माग्न छोडेनन्

  • वीरगंज संजाल
  • ३१ जेष्ठ २०८२, शुक्रबार १६:४५
  • ४८१

    विराटनगर । दुई वर्ष कारागार बसाइपछि सफाइ पाएका मिटरब्याज आरोपी मन्टु (संजयप्रसाद रौनियार) ले फेरि पीडितसँग पैसा माग्न थालेका छन् । तर उनको असुली गर्ने शैली भने विगतको भन्दा फरक छ । विगतमा मान्छे खटाउँथे, अहिले चिठी पठाउँछन् ।

    ठगी र आपराधिक लाभको मुद्दामा मोरङ जिल्ला अदालतबाट सफाइ पाएपछि उनले आफ्ना ऋणीलाई चिठी पठाउँदै पैसा दिन ताकेता गरिरहेका छन् ।

    जग्गा धितोमा लिएर मन्टुले पहिले सर्वसाधारणलाई धम्की दिँदै पैसा माग्ने र कानुनी कारबाहीको डर देखाउँथे । कारागारबाट छुटेपछि उनले हुलाकबाट चिठी पठाउँदै पैसा मागिरहेका छन् ।

    मोरङको सुनवर्षी नगरपालिका–४ का अमितकुमार यादवका बुवा महावीरले मन्टुसँग १ बिघा १ कठ्ठा १५ धुर जग्गा राजीनामा पास गरेर २ लाख रुपैयाँ ऋण लिएका थिए । पटकपटक गरेर उनले २० लाख तिरिसके । मन्टुले फेरि पैसा माग्दै पत्र पठाएका छन् ।

    माहावीरसहित १७ जना पीडितले ४ वर्षअघि जाहेरी दिएपछि मन्टुविरुद्ध १३ माघ २०७७ मा मुद्दा दायर भएको थियो । ठगी र अपराधिक लाभ मुद्दामा २० माघ २०७७ मा मोरङ अदालतका तत्कालीन न्यायाधीश इश्वर पराजुलीको इजालासले मन्टुलाई पुर्पक्षको लागि थुनामा पठायो । पीडितले केही राहत महसुस गरे ।

    मुद्दा चलिरहेकै बेला मन्टुले जग्गा फिर्ता गरिदिने बचन दिए । मन्टुको सहमतिमा श्रीमती ज्योतिले १७ जनालाई जग्गा फिर्ता गरिन् । पीडितले रौनियारको बाँकी पैसा तिरेर जग्गा फिर्ता लिएका थिए ।

    ९ जेठ २०७९ मा ठगी र आपराधिक लाभ मुद्दामा मोरङ जिल्ला अदालतका तत्कालीन न्यायाधीश कपिलमणि गौतमको इजालसबाट मन्टुले सफाइ पाए । दुई वर्षपछि सफाइ पाएर छुटेका मन्टुले पीडितलाई नै नामसारी गरेको जग्गाको पैसा माग्दै फेरि धम्की दिइरहेका हुन् ।

    कारागारमै हुँदा बैंकमा जम्मा गर्नेगरी आफूले जग्गा नामसारी गरिदिएको तर बैंक खातामा पैसा जम्मा नगरेको भन्दै उनले धम्की दिने गरेका छन् ।

    पीडित अमितकुमार यादवका अनुसार हुलाकमार्फत चिठी पठाएर मन्टुले पैसा मागेका हुन् । ऋण चुक्ता गरेका यादवलाई मन्टुले २५ लाख ५० हजार रुपैयाँ मागिरहेका छन् । नदिए कारबाही गर्ने भन्दै धम्की दिएका छन् ।

    ‘जग्गा फिर्ता ल्याएपछि हुलाकमार्फत २५ लाख ५० हजार रुपैयाँ माग्दैछन्,’ पत्रकार सम्मेलन गर्दै उनले भने, ‘जेलबाट छुटेपछि फेरि मन्टुले धम्की दिँदैछ ।’

    २०७७ सालमा मन्टुविरुद्ध जाहेरी दिएका १७ जनामध्ये ११ जनालाई मन्टुले चिठी पठाएर पैसा मागिरहेका हुन् ।

    जेलबाट मन्टु छुटेपछि मन्टुले पैसा नदिए थुनामा पठाउने भन्दै धम्की दिइरहेको विराटनगर- ८ का गणेश रायले बताए । मन्टुले हुलाकमार्फत पत्राचार गरेर उनीसँग ३२ लाख रुपैयाँ मागेका छन् ।

    गणेशका ज्वाइँ महानन्द रायले मन्टुसँग एक कठ्ठा जग्गा र टिनको घरसहित राजीनामा पास गरेर २ लाख ५० हजार रुपैयाँ लिएका थिए । मन्टुलाई रायले पैसा तिरिसके । गणेशका अनुसार मन्टु जेलबाट छुटेर आएपछि ज्वाइँ महानन्दलाई घरभाडावापत ९ लाख रुपैयाँ नबुझाएको भन्दै मुद्दा हाले । मोरङ अदालतले ९ लाख रुपैयाँ तिनुपर्ने फैसला गरेको थियो । नतिरेपछि महानन्द राय १३ असोज २०८१ मा कारागार चलान भए । कारागार चलान भएको एक महिनापछि उनको मृत्यु भयो ।

    धनपालथान- १ नोचाका गुल्जार मियाँले पनि पैसा तिरेर जग्गा फिर्ता लिए, तर अहिले पैसा फिर्ता नगरेको भन्दै हुलाक मार्फत चिट्ठी पठाएका छन् । मन्टुले आफूविरुद्ध पहिले उजुरी दिने ११ जनालाई पैसाँ माग्दै पठाएको पत्रमा एकै प्रकारको भाषा छ ।

    मन्टुले भने जग्गा बिक्री गरेको पैसा नदिएपछि फिर्ता मागेको बताउँछन् ।

    ‘म कारागारमा हुँदा बैंकमा जम्मा गर्ने भनेर थैली खडा गरेर पास गरिदिएको हो,’ उनले भने, ‘मेरो बैंकमा पैसा आएन, त्यो पैसा कहाँ गयो ?,’ उनले पैसा नआएपछि प्रशासनमा उजुरी पनि गरेको दाबी गरे ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सिम्रौनगढमा विश्व रक्तदान दिवसको अवसरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ६८ जनाले गरे रक्तदान
  • गर्मी नघटेपछि वीरगन्जका विद्यालयहरुमा थप ६ दिन विदा
  • सशस्त्र प्रहरी बलद्वारा १८ लाख नगदसहित दुई जना नियन्त्रणमा
  • परस्त्रीसँग अवैद्य सम्बन्ध राख्दै गर्दा मालपोतका पियन रँगेहात पक्राउ, घरबाट मालपोतका अवैद्य कागजातहरु फेला
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सिम्रौनगढमा विश्व रक्तदान दिवसको अवसरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ६८ जनाले गरे रक्तदान

    गर्मी नघटेपछि वीरगन्जका विद्यालयहरुमा थप ६ दिन विदा

    सशस्त्र प्रहरी बलद्वारा १८ लाख नगदसहित दुई जना नियन्त्रणमा

    परस्त्रीसँग अवैद्य सम्बन्ध राख्दै गर्दा मालपोतका पियन रँगेहात पक्राउ, घरबाट मालपोतका अवैद्य कागजातहरु फेला

    मिटरब्याजी मन्टुले अदालतबाट पाए सफाइ, पैसा माग्न छोडेनन्

    औषधि मूल्य सिफारिसविरुद्ध वीरगन्जमा मुखमा कालोपट्टी बाँधेर धर्ना

    पर्साको पकहामैनपुरमा एमाले युवा नेता साहले गरे सडक र नालाको शिलान्यास

    ‘विभेद र विभाजनविरुद्ध कलम चलाउनु पर्छ’

    नदीजन्य पदार्थको उत्खनन् बन्द गर्न निर्देशन

    सर्लाहीको हीरापुरमा बर्थिङ सेन्टर निर्माण

    सिम्रौनगढमा विश्व रक्तदान दिवसको अवसरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ६८ जनाले गरे रक्तदान

    गर्मी नघटेपछि वीरगन्जका विद्यालयहरुमा थप ६ दिन विदा

    सशस्त्र प्रहरी बलद्वारा १८ लाख नगदसहित दुई जना नियन्त्रणमा

    परस्त्रीसँग अवैद्य सम्बन्ध राख्दै गर्दा मालपोतका पियन रँगेहात पक्राउ, घरबाट मालपोतका अवैद्य कागजातहरु फेला

    मिटरब्याजी मन्टुले अदालतबाट पाए सफाइ, पैसा माग्न छोडेनन्

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सिम्रौनगढमा विश्व रक्तदान दिवसको अवसरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ६८ जनाले गरे रक्तदान

    News

    गर्मी नघटेपछि वीरगन्जका विद्यालयहरुमा थप ६ दिन विदा

    News

    सशस्त्र प्रहरी बलद्वारा १८ लाख नगदसहित दुई जना नियन्त्रणमा

    News

    परस्त्रीसँग अवैद्य सम्बन्ध राख्दै गर्दा मालपोतका पियन रँगेहात पक्राउ, घरबाट मालपोतका अवैद्य कागजातहरु फेला

    News

    मिटरब्याजी मन्टुले अदालतबाट पाए सफाइ, पैसा माग्न छोडेनन्

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑