• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    तेस्रो मुलुकतर्फ नेपाली छुर्पीको निर्यात उत्साहजनक, ८८ करोड बराबरको निकासी

  • वीरगंज संजाल
  • २७ जेष्ठ २०८२, सोमबार १५:२९
  • २८९

    वीरगंज | वीरगन्ज नाकाबाट तेस्रो मुलुकतर्फ नेपाली छुर्पीको निर्यात उत्साहजनक रूपमा बढेको छ। पछिल्ला केही वर्षयता नेपाली छुर्पीले युरोप, अमेरिका, अस्ट्रेलिया तथा क्यानडामा राम्रो बजार बनाउँदै लगेको छ। विशेषगरी घरपालुवा कुकुर र बिरालोको लागि यो उत्पादनको माग उल्लेख्य रूपमा बढ्दै गएको छ।

    वीरगन्ज भन्सार कार्यालयको तथ्यांकअनुसार चालु आर्थिक वर्षको साउनदेखि वैशाखसम्मको १० महिनामा ८८ करोड रुपैयाँ बराबरको ४ लाख ९५ हजार ६ सय ८६ किलो छुर्पी निर्यात भएको छ। यस्तै, गत आर्थिक वर्षको सोही अवधिमा ५३ करोड बराबरको २ लाख ९४ हजार २ सय १५ किलो छुर्पी मात्र निर्यात भएको थियो।

    छुर्पी भन्सार बिन्दुबाट ‘कुकुर वा बिरालोको खाना’ शीर्षकमा तेस्रो मुलुकमा निर्यात हुने गरेको छ। नेपाली छुर्पी चौपाया प्राणीको हड्डीभन्दा नरम, चपाउन सजिलो र स्वादिलो हुने भएकाले कुकुर तथा बिरालो पालकहरूले मासुको विकल्पका रूपमा यसको प्रयोग बढाउँदै आएका छन्।

    भन्सार कार्यालयका सूचना अधिकारी अमित तिवारीका अनुसार, यो वर्ष वीरगन्ज नाकाबाट छुर्पीको निर्यात उल्लेख्य रूपमा वृद्धि भएको छ। उनका अनुसार, “नेपालमा विशेषगरी इलाम, ताप्लेजुङ, संखुवासभा, धनकुटालगायत जिल्लामा उत्पादित छुर्पी वीरगन्ज नाकाबाट तेस्रो मुलुकतर्फ निर्यात हुन्छ।”

    इलाममा अहिले छुर्पी उद्योग नै सञ्चालनमा रहेकाले उत्पादन पनि बढी भइरहेको छ। यस्ता निर्यातमा भन्सार शुल्क भने लाग्दैन, केवल प्रत्येक प्रज्ञापनपत्रमा १ सय १३ रुपैयाँ दस्तुर तिर्नुपर्छ।

    छुर्पीको बढ्दो निर्यातले नेपालको कृषि र पशुपालन क्षेत्रलाई समेत टेवा पुर्‍याउने र दीर्घकालीन रूपमा अन्तर्राष्ट्रिय बजारमा नेपाली उत्पादनको छवि बलियो बनाउने सम्भावना देखिएको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट
  • गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग
  • भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत
  • ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट

    गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग

    भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत

    ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’

    रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण, गृहमन्त्रीको राजीनामा हुनै पर्छ : बुर्लाकोटी

    मधेश प्रदेशमा बुधवार सार्वजनिक बिदा

    मेनपावर कम्पनी नवीकरण गर्दा अब गूगल प्लस कोडसहितको गूगल म्याप पनि आवश्यक पर्ने

    सडकमा गाडी रोकेर सामान बेच्ने ३ गाडीलाई ४५ हजार जरिबाना

    समुदाय विपद् स्वयंसेवक परिचालन आधारभूत तालिमको शुभारम्भ

    मधेस सरकारको बजेट खर्च २० प्रतिशतमात्रै

    मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट

    गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग

    भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत

    ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’

    रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण, गृहमन्त्रीको राजीनामा हुनै पर्छ : बुर्लाकोटी

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट

    News

    गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग

    News

    भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत

    News

    ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’

    News

    रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण, गृहमन्त्रीको राजीनामा हुनै पर्छ : बुर्लाकोटी

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑