• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    प्रकृति लम्साल मृत्यु प्रकरणः नेपाली विद्यार्थी अलपत्र, विश्वविद्यालयको लाइसेन्स खारेज गर्न माग

  • वीरगंज संजाल
  • ६ फाल्गुन २०८१, मंगलवार १३:५१
  • ७६१

    काठमाडौं । भारतको ओडिशास्थित कालिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा नेपाली विद्यार्थीको मृत्यु भएपछि उत्पन्न विवादले उग्र रूप लिएको छ । बी-टेक तेस्रो वर्षमा अध्ययनरत बुटवलकी प्रकृति लम्साल आइतबार आफ्नो होस्टेलमा मृत भेटिएपछि विद्यार्थी र विभिन्न संघसंस्थाहरूले विश्वविद्यालय प्रशासनको लापरबाही र दोषीलाई कारबाहीको माग गर्दै प्रदर्शन गरेका छन् ।

    मृत्यु प्रकरणको छानबिन र न्यायको माग गर्दै उत्कल विद्यार्थी संघले सोमबार उद्योगमन्त्री सम्पद चन्द्र स्वाईंलाई भेटी विश्वविद्यालयको लाइसेन्स खारेजीको मागपत्र समेत बुझाएको छ । उत्कल विद्यार्थी संघका अध्यक्ष सौम्यरञ्जन सामलले नेपाली विद्यार्थीहरू मात्र लक्षित गरी कलेज छोड्न बाध्य पारिनु दुःखद भएको बताएका छन् ।

    प्रहरीको प्रारम्भिक अनुसन्धानले लम्सालले आत्महत्या गरेको देखाए पनि उनका साथीहरूले घटनालाई रहस्यमय मानेका छन् । लम्सालका साथीहरूले उनी लामो समयदेखि एक सहपाठी (पूर्व प्रेमी) बाट मानसिक र शारीरिक यातना सहन बाध्य थिइन् र यस विषयमा विश्वविद्यालय प्रशासनलाई जानकारी गराउँदा पनि कुनै सुनुवाइ नभएको आरोप लगाएका छन् । यसले घटनालाई थप जटिल बनाएको छ ।

    लम्सालको मृत्युपछि विद्यार्थीहरूले क्याम्पस परिसरमा प्रदर्शन गरेका थिए । प्रदर्शनलाई दमन गर्दै विश्वविद्यालयले नेपाली विद्यार्थीलाई तत्कालै क्याम्पस छाडेर जान निर्देशन दिएको थियो । विश्वविद्यालयले दुई ओटा बसमार्फत नेपाली विद्यार्थीहरूलाई क्याम्पसबाट लगेर सोमबार कट्टक रेल्वे स्टेशनमा अलपत्र छोडेको थियो ।

    परीक्षा नजिकिँदै गरेको समयमा क्याम्पसबाट निकालिएपछि नेपाली विद्यार्थीहरूले आफ्नो भविष्य अन्योलमा परेको भन्दै चिन्ता व्यक्त गरेका छन् । सामाजिक सञ्जालमा विरोध प्रदर्शन गर्ने नेपाली विद्यार्थीहरूलाई क्याम्पसका सुरक्षागार्डहरूले कुटपिट गरेको र होस्टलमा दुर्व्यवहार गरेको भिडिओसमेत सार्वजनिक भएपछि घटनाले थप आक्रोश उत्पन्न गराएको छ ।

    घटनाको व्यापक चर्चा भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले घटनालाई गम्भीरतापूर्वक लिएको र कूटनीतिक तवरबाट यसको छानबिन भइरहेको बताएका छन् । भारतका लागि नेपाली दूतावासले पनि यस विषयमा जानकारी लिएको र दूतावासका अधिकारीहरू विश्वविद्यालयको स्थिति बुझ्न गएको बताइएको छ ।

    सोमबार साँझ केआईआईटी विश्वविद्यालयले क्याम्पस छाडेर गएका र जाने तयारीमा रहेका विद्यार्थीलाई क्याम्पस फर्कन अपिल गरेको थियो । सामान्य तवरले कक्षा सञ्चालन गर्ने कोसिस गरिरहेको पनि विश्वविद्यालयले जनाएको छ ।

    जवाफमा विद्यार्थीहरूले आफ्नो होस्टलमा फर्कन र अध्ययन पुनः सुरु गर्नुभन्दा अघि सम्बोधन हुनुपर्ने भन्दै आठ बुँदे माग अघि सारेका छन्।

    नेपाली विद्यार्थीहरूको आठ बुँदे माग:

    १. प्रकृति लम्साललाई न्याय– उनको मृत्युका लागि जिम्मेवार व्यक्तिहरूलाई कानूनी कारबाही गर्नुपर्छ ।

    २. निष्पक्ष प्रहरी अनुसन्धान– घटनास्थलमा प्रहरीले आउनुअघि नै विश्वविद्यालयको होस्टलका वार्डन र पदाधिकारीहरूले कानूनविपरीत पीडितको शव नियन्त्रणमा लिएको घटनाको अनुसन्धान गर्नुपर्छ।

    ३. प्रशासनले गरेको बेवास्ताप्रति जिम्मेवार– पीडितले अन्तर्राष्ट्रिय रिलेसन अफिसमा गरेका गुनासा पुनः समीक्षा गर्नुपर्छ । उनको गुनासो बेवास्ता गर्ने वा अस्वीकार गर्ने व्यक्तिहरूलाई जिम्मेवार ठहर गर्दै पदमुक्त गर्नुपर्छ ।

    ४. भेदभावपूर्ण टिप्पणीविरुद्ध कारबाही– केही होस्टलका शिक्षकहरूले नेपालको राष्ट्रिय बजेटको उपहास गर्दै त्यसलाई विश्वविद्यालयको खर्चसँग तुलना गरेका थिए भन्ने आरोप छ । यस्ता व्यक्तिहरूलाई निलम्बन गरी शैक्षिक संस्थामा काम गर्न प्रतिबन्ध लगाइनुपर्छ ।

    ५. सार्वजनिक माफी र कारबाही– विद्यार्थीहरूलाई आक्रमण गर्ने आदेश दिने अधिकारीहरूले सार्वजनिक रूपमा माफी माग्नुका साथै कानूनी कारबाहीको सामना गर्नुपर्छ ।

    ६. सीसीटीभी फुटेज सार्वजनिक गरिनुपर्छ– पारदर्शिताका लागि फेब्रुअरी १७ बिहान ८ बजेपछिको सीसीटीभी फुटेज उपलब्ध गराइनुपर्छ ।

    ७. निकालिएका विद्यार्थीहरूलाई क्षतिपूर्ति– जबरजस्ती होस्टलबाट निकालिएका विद्यार्थीहरूको यात्रा खर्च विश्वविद्यालयले बेहोर्नुपर्छ ।

    ८. गलत विवरण सच्याइनुपर्ने– विश्वविद्यालयले विद्यार्थीहरूलाई जबरजस्ती निकालेर आक्रमण गरेको थियो। विद्यार्थीहरू स्वेच्छाले होस्टल छाडेको भन्दै विश्वविद्यालयले जारी गरेको झुटो प्रेस विज्ञप्ति हटाएर वास्तविकता स्वीकार गर्नुपर्छ ।

    सीसीटिभी फुटेज हेर्न अनुरोध

    लम्सालको मृत्युको विषयलाई लिएर नेपाली विद्यार्थीले विरोध गरेपछि नेपाली विद्यार्थीहरू लक्षित गरेर आक्रमणहरू भएको बताइएको छ । प्रत्यक्षदर्शीहरूका अनुसार फेब्रुअरी १७ बिहान करिब ८ बजे नेपाली विद्यार्थीहरूको होस्टेलमा १०/१२ जनाको समूह आएका थिए । उनीहरूले विद्यार्थीहरू नेपाली हुन् कि होइनन् भनेर सोधे र नेपाली भएको पुष्टि भएपछि कुटपिट गरेका थिए ।

    उनीहरूलाई केही मिनेटभित्र आफ्ना सामान प्याक गर्न आदेश दिएको विद्यार्थीहरूले दाबी गरेका छन् । यदि सामान प्याक गर्न ढिलो भएमा थप पिट्ने धम्की दिएको र मोबाइल फोनहरू पनि खोसेको उल्लेख गरेका छन् । आक्रमणकारीहरूले उनीहरूको मोबाइल फोन जाँचेर म्यासेज र सामाजिक सञ्जाल पोस्टहरू चेक गरेका थिए । मोबाइल दिन नमानेका विद्यार्थीहरूलाई उनीहरूले कुटपिट गरिएको बताइएको छ ।

    नेपाली विद्यार्थीहरूले दिल्लीस्थित नेपाली राजदूतावासलाई फेब्रुअरी १७ बिहान ७ बजेदेखि १२ बजेसम्मका होस्टलका केपी ८ए, केपी ८बी/सी, र केपी २६ ब्लकहरूको सीसीटीभी फुटेज सुरक्षित राख्न औपचारिक अनुरोध गरेका छन् ।

    विद्यार्थीहरूलाई निकालेर रेलवे स्टेसनमा पुर्‍याएपछि भारतीय मिडियाहरूले पनि यसबारे रिपोर्ट गर्न थालेका थिए । यस्तै नेपाली दूतावासबाट पनि घटनास्थलमा अधिकारी खटाइएका छन् । ओडिशाका मुख्यमन्त्री र शिक्षामन्त्रीले पनि विश्वविद्यालय भ्रमण गर्ने सम्भावना रहेको अनुमान गरिएको छ । जसका कारण विश्वविद्यालय प्रशासन केही नरम देखिएको भारतीय सञ्चारमाध्यमले बताएका छन् ।

    विश्वविद्यालयले विद्यार्थी फर्काउन कर्मचारी पनि तैनाथ गरेको छ । तर विश्वविद्यालय फर्कन भनिए पनि आफूहरू अझै पनि दुर्व्यवहारमा पर्न सक्ने डर रहेको विद्यार्थीहरूले बताएका छन् ।

    यसैबीच, नेपालका लागि भारतीय दूतावासले पनि लम्सालको मृत्युप्रति दुःख व्यक्त गर्दै क्याम्पसले विद्यार्थीलाई फिर्ता बोलाइसकेको जानकारी दिएको छ । दूतावासका दुई अधिकारी विश्वविद्यालको स्थिति बुझ्नतर्फ गएको बताइएको छ ।

    अर्कोतर्फ, प्रकृतिको मृत्युमा दोषी मानिएका पूर्वप्रेमी अद्विक श्रीवास्तव पक्राउ परिसकेका छन् । विद्यार्थीमाथि कुटपिट गरेको आरोपमा केआईआईटी क्याम्पसका दुई सुरक्षागार्डलाई पनि नियन्त्रणमा लिइएको छ । अखिल भारतीय विद्यार्थी परिषद्ले उजुरी दिएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको हो । घटनाबारे विस्तृत छानबिन भइरहेको प्रहरीले जनाएको छ ।

    यो घटनाबारे निष्पक्ष छानबिनका लागि नेपालको प्रतिनिधिसभा बैठकमा सांसदहरूले माग गरेका छन् । मंगलबार बसेको बैठकमा बोल्दै सांसदहरूले नेपाल सरकारको तर्फबाट कूटनीतिक असक्षमता भएको भन्दै मृतक लम्सालको परिवारलाई न्याय दिन माग गरेका छन् । सिंगै संसदले यसलाई गम्भीरतापूर्वक लिनुपर्ने र उच्चस्तरीय कूटनीतिक र राजनीतिक रूपले संवाद गरेर पहलकदमी लिनुपर्ने आवाज उनीहरूले उठाएका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट
  • गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग
  • भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत
  • ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट

    गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग

    भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत

    ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’

    रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण, गृहमन्त्रीको राजीनामा हुनै पर्छ : बुर्लाकोटी

    मधेश प्रदेशमा बुधवार सार्वजनिक बिदा

    मेनपावर कम्पनी नवीकरण गर्दा अब गूगल प्लस कोडसहितको गूगल म्याप पनि आवश्यक पर्ने

    सडकमा गाडी रोकेर सामान बेच्ने ३ गाडीलाई ४५ हजार जरिबाना

    समुदाय विपद् स्वयंसेवक परिचालन आधारभूत तालिमको शुभारम्भ

    मधेस सरकारको बजेट खर्च २० प्रतिशतमात्रै

    मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट

    गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग

    भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत

    ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’

    रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण, गृहमन्त्रीको राजीनामा हुनै पर्छ : बुर्लाकोटी

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट

    News

    गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग

    News

    भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत

    News

    ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’

    News

    रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण, गृहमन्त्रीको राजीनामा हुनै पर्छ : बुर्लाकोटी

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑