वीरगंज | सहकारी ठगीको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एंव पूर्वगृहमन्त्री रवि लामिछानेलाई अनुसन्धानका लागि प्रहरी हिरासतमा थप ७ दिन राख्न अदालतले जिल्ला प्रहरी कार्यालय कास्कीलाई अनुमति दिएको छ ।
शुक्रबारदेखि जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका लामिछानेलाई अनुसन्धानका लागि थप ७ दिन प्रहरी हिरासतमा राख्न कास्की जिल्ला अदालतले बिहीबार म्याद थपको अनुमति दिएको हो ।यसअघि ६ दिनको म्याद बिहीबार सकिन लागेपछि अदालतले थप ७ दिनको म्याद थपेको हो ।
पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन गरेको प्रकरणमा गत शुक्रबार पक्राउ परेका लामिछानेलाई बिहीबार दोश्रो पटक कास्की जिल्ला अदालतमा पेश गरिएको थियो ।
कास्की जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले लामिछानेलाई शुक्रबारदेखि लागू हुनेगरी ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको अदालतका स्रेस्तेदार राजन खनालले जानकारी दिए ।
अदालतले दिएको अनुमति अनुसार प्रहरीले अब लामिछानेलाई आगामी बुधबार अपराह्नसम्म थुनामा राखेर अनुसन्धान गर्न पाउँछ । त्यसपछि थुनाअवधि लम्ब्याउनु परे अनुसन्धानको प्रगति विवरणसहित अदालतबाट प्रहरीले फेरिः म्याद थपको अनुमति लिनु पर्दछ ।
गत शुक्रबार काठमाडौकों वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयबाट पक्राउ परेका लामिछानेलाई शुक्रबारनै राति स्थलमार्ग हुदैं प्रहरीले पोखरा पु¥याएको थियो ।