• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  देश

    महाधिवेशन उन्मुख राजपाको कमजोर तयारी

  • वीरगंज संजाल
  • Aug 27, 2019, 4:08 am
  • ३८४३

    काठमाडौं : पार्टी एकता भएको तीन वर्ष पुग्नै लाग्दा महाधिवेशनको तयारीमा जुटेको राष्ट्रिय जनता पार्टी (राजप) नेपालको केन्द्रीय कार्यालय बबरमहलमा त्यति चहलपहल देखिदैन । अध्यक्ष मण्डलका धेरै जसो सदस्य दिनहु जसो आएपनि कार्यकर्ताहरुको चाप देखिदैन ।

    अध्यक्ष मण्डलको बैठक बीचबीचमा बसेपनि महाधिवेशन सम्बन्धी ठोस निकर्ष र निर्णय भने आउन सकेको छैन । महाधिवेशनका लागि आवश्यक पर्ने जिल्लादेखि केन्द्रसम्मको आवश्यक तयारी हुन नसकिरहदा नेता तथा कार्यकर्तामा समयमै महाधिवेशन हुने कुरामा शंका व्यक्त गर्छन् ।

    यता काठमाडौं उपत्यका बाहिर पनि महाधिवेशनको खासै तयारी भएको देखिदैन । राजपाको केन्द्रीय विभाग र जनसंगठनहरु पनि सक्रिय देखिदैन ।

    राजपा अध्यक्ष मण्डलका संयोजक राजकिशोर यादवलाई महाधिवेशन आउन करिब ८० दिन बाँकी छ यो अवधिभित्र महाधिवेशन हुन्छ भनेर सोध्दा उनले ८० दिन धेरै भएको बताए ।

    मधेशकेन्द्रीत ६ दल मिलेर बनेको राष्ट्रिय जनता पार्टी (राजपा) गत वैशाख ७ गतेदेखि तेस्रो वर्षमा प्रवेश गरिसकेको छ । पार्टी गठन भएको २८ महिना वितिसक्दा पनि राजपाले एकता महाधिवेश गर्न सकेको छैन । तर, विधानमा भने दुई वर्षभित्रै महाधिवेशन गर्ने उल्लेख छ ।

    विगतमा महाधिवेशको समय तोकिए पनि हुनै सकेन । त्यसोत अब पनि तोकिएकै मितिमा माहाधिवेशन हुन्छ भन्ने कुरामा नत नेताहरुले नै ढुक्कका साथ भन्न सक्छन् नत कार्यकर्ताहरुमा नै विश्वास छ । यसको कारण हो तयारीले तीव्रता नपाउनु ।  महाधिवेशनका आधारभूतर महत्वपूर्ण मानिने सदस्य संख्याको सदर्भमा पनि राजपमा आधिकारीक तथ्यांक पाइदैन । अध्यक्ष मण्डलका एक सदस्यका अनुसार जिल्ला जिल्लामा नेतृत्वमै विवाद रहदा जिल्लाबाट केन्द्रमा पठाउनु पर्ने सदस्यहरुको तथ्यांक केन्द्र आइपुगेको छैन ।

    तीन वर्षमा जम्मा एक चोटीमात्रै राजपाको केन्द्रीय कमिटीको बैठक बसेको छ भने त्यस यता बैठक बस्न समेत नकिरहेको बेला तोकिएकै मितिमा महाधिवेशन हुनेमा शंका देखिएको छ ।

    हुनत निर्वाचन आयोगमा दल दर्ता भएको मितिले दुई वर्षभित्र महाधिवेश गरिसक्नु पर्ने थियो । तर, एउटै पार्टीमा दुई–दुई महिनामा संयोजक फेरिरहदा महाधिवेशनका कामहरु अगाडि बढाउन असहज भएको बताइन्छ । त्यसोतअध्यक्ष मण्डलका छजना छ तिर फर्किएका छन् ।

    गत वैशाख ७ देखि ९ हुने भनिएको महाधिवेशन स्थगित गरेर आगामी कात्तिक २८, २९ र ३० गते गर्ने घोषण गरेको छ ।

    २०७४ असार ३० मा निर्वाचन आयोगले ६ पार्टीको एकीकरणलाई वैधानिकता दिएको थियो  । राजपाको विधानमा पनि दुई वर्षभित्र महाधिवेशन गरिसक्ने उल्लेख छ ।

    उता राजपाले विधानअनुसार महाधिवेशन नगरे उसको वैधानिकतामाथि नै प्रश्न उठ्ने देखिन्छ । तर, नेताहरू भने महाधिवेशन गराउने भन्दा पनि नेतृत्वको बारेमा बढी चिन्तित देखिदै आएको छन् ।

    राजपा अध्यक्ष मण्डलको संयोजक शरदसिंह भण्डारीको अध्यक्षतामा बसेको राजपा पदाधिकारी बैठकले महाधिवेशन कात्तिकमा गर्ने निर्णय गरेको हो ।

    यस्तै बैठकले महाधिवेशनको तयारीका लागि महन्थ ठाकुरको नेतृत्वमा सबै पदाधिकारी सम्मिलित महाधिवेशन तयारी समिति तयार गरिएको थियो । त्यसपछि भने महाधिवेशनको कुनै तयारी भएको देखिदैन ।

    ७ वैशाख २०७४ मा तराईमधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, नेपाल सद्भावना पार्टी, राष्ट्रिय मधेस समाजवादी पार्टी, तराईमधेस सद्भावना पार्टी, मधेसी जनअधिकार फोरम (गणतान्त्रिक)बीच एकीकरण भई राष्ट्रिय जनता पार्टी (राजपा) बनेको थियो ।

    पार्टीका अध्यक्ष मण्डलमा नेता राजेन्द्र महोत, राजकिशोर यादव, शरद्सिंह भण्डारी, महन्थ ठाकुर, अनिल झा र महेन्द्र यादव रहेका छन् ।

    यसैबीच द नेपालटपले राजपा अध्यक्ष मण्डलका नेता अनिल झालाई महाधिवेशनको तयारी के भइरहेको छ भनेर सोध्दा उनले प्रयास जारी रहेको बताए ।

    ‘तोकिएको मितिमा महाविधेशन गर्ने तयारी भइरहेको छ । यसको लागि हामी छलफल गर्दै छौं ।’ उनले भने, ‘महाधिवेशनको लागि सदस्यता संख्या जम्मा गर्ने तयारी भइरहेको छ । अहिलेसम्म सदस्यता संख्या जम्मा भइरकेको छैन । तर, महाधिवेशभन्दा अगाडी सबै तिरबाट सदस्य संख्या जम्मा गर्ने प्रयास छौं ।’

    नेता झाले पार्टीको हालका केन्द्रीय समितिका सबै सदस्यहरु, प्रतिनिधिसभा–प्रदेशसभाका प्रत्यक्ष र समानुपातिकतर्फ सबै उम्मेदवारहरु, बसै जिल्ला अध्यक्ष मण्डलका सबै सदस्यहरु, स्थानीयतहका प्रमुख–उपप्रमुख पदका सबै उम्मेदवारहरु, समन्वय समितिका प्रमुख–उपप्रमुखहरु र मनोनित केही सदस्यहरु समेतको महाधिवेशन प्रतिनिधि बन्न सक्ने बताए ।

    अहिलेसम्म राजपाको केन्द्रीय कमिटी बैठक एक चोटो मात्र बसेको छ त्यसपछि किन बस्न नसकेको भन्ने विषयमा नेता झाले भने, ‘पार्टी ठूलो भएकोले बस्न नसकेको हो । सधै भरी बोलाई राख्न अप्ठेरो भएको बैठक बस्न नसकेको हो । अब बोलाउनु पछि ।’

    यसैगरी पार्टी संघीय संरचनाबारे सोध्दा उनले नेपालको संविधान र पार्टीको विधान अनुसार हुने बताए ।

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपाली कांग्रेस र समाजवादी पार्टी नेपाल र अन्य दललाई हेर्ने दृष्टिकोणके भनेर सोध्दा उनले सबै पार्टीलाई समान दृष्टिकोणले नै हेर्ने बताए ।

    ‘समाजवादी पार्टीसँग एकताको लागि कुनै पहल भएको छैन ।’ उनले थप्दै भने, ‘अहिले पार्टी महाधिवेशनको तयारीमा छ ।’

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सिरहामा एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद
  • विज्ञान शिक्षामा प्रयोगात्मक ज्ञान र अनुसन्धान केन्द्र विस्तारका लागि जेन जि पर्साका संयोजक बिशेष साहको प्रस्ताव तथा पहल
  • ६५–७५ बिघा जग्गा रहेको श्रीराधाकृष्ण मठ संरक्षणको अभावमा जीर्ण
  • नेपाल बौद्धिक परिषद् रौतहटका अध्यक्ष तथा पत्रकार झामाथि बैरगनियामा सांघातिक आक्रमण
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सिरहामा एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद

    विज्ञान शिक्षामा प्रयोगात्मक ज्ञान र अनुसन्धान केन्द्र विस्तारका लागि जेन जि पर्साका संयोजक बिशेष साहको प्रस्ताव तथा पहल

    ६५–७५ बिघा जग्गा रहेको श्रीराधाकृष्ण मठ संरक्षणको अभावमा जीर्ण

    नेपाल बौद्धिक परिषद् रौतहटका अध्यक्ष तथा पत्रकार झामाथि बैरगनियामा सांघातिक आक्रमण

    मितेरी पुलमा सर्वसाधारणका लागि नि:शुल्क चिसो पानी, विश्रामस्थल र फलफूलका बिरुवा वितरण

    प्रमुख प्रशासकीय अधिकृत सहित देशभरका ५२ शाखा अधिकृतको सरुवा

    राजेशमान सिंहले विशेष अदालतबाट पाए सफाइ, निलम्बनमा परेकाे मेयर पद भयाे फुकुवा

    ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने

    आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट

    वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन

    सिरहामा एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद

    विज्ञान शिक्षामा प्रयोगात्मक ज्ञान र अनुसन्धान केन्द्र विस्तारका लागि जेन जि पर्साका संयोजक बिशेष साहको प्रस्ताव तथा पहल

    ६५–७५ बिघा जग्गा रहेको श्रीराधाकृष्ण मठ संरक्षणको अभावमा जीर्ण

    नेपाल बौद्धिक परिषद् रौतहटका अध्यक्ष तथा पत्रकार झामाथि बैरगनियामा सांघातिक आक्रमण

    मितेरी पुलमा सर्वसाधारणका लागि नि:शुल्क चिसो पानी, विश्रामस्थल र फलफूलका बिरुवा वितरण

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    सिरहामा एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद

    News

    विज्ञान शिक्षामा प्रयोगात्मक ज्ञान र अनुसन्धान केन्द्र विस्तारका लागि जेन जि पर्साका संयोजक बिशेष साहको प्रस्ताव तथा पहल

    News

    ६५–७५ बिघा जग्गा रहेको श्रीराधाकृष्ण मठ संरक्षणको अभावमा जीर्ण

    News

    नेपाल बौद्धिक परिषद् रौतहटका अध्यक्ष तथा पत्रकार झामाथि बैरगनियामा सांघातिक आक्रमण

    News

    मितेरी पुलमा सर्वसाधारणका लागि नि:शुल्क चिसो पानी, विश्रामस्थल र फलफूलका बिरुवा वितरण

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑