वीरगंज | सर्लाहीको ईश्वरपुर नगरपालिकामा सर्पको डसाइबाट एक बालकको ज्यान गएको छ। नगरपालिकाको वडा नम्बर ८ इश्वरपुर टोलमा सर्पको डसाइबाट एक बालकको ज्यान गएको हो।
सर्पको डसाइबाटमा स्थानीय रामप्रकाश छोरा १४ वर्षका बिक्रोस चौधरीको मृत्यु भएको हो। घरमा सुतेका बालकलाई बुधबार बिहान ओछ्यानमै करेत सर्पले डसेको परिवारजनले बताएका छन्। सर्पको डसाइबाट गम्भिर भएका बालकलाई उपचारका लागि सर्पदंश उपचार केन्द्र नवलपुर पुगिएको थियो।
त्यहाँ उपचार सम्भव नभएपछि उनलाई जनकपुरतर्फ लैजानेक्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। गर्मी बढेसँगै तराइ मधेशमा सर्पको बिगबिगी सुरु भएको छ।