• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    नबिल बैंकमा एक करोड ३४ लाख चोरी गर्ने चार जना पक्राउ

  • वीरगंज संजाल
  • १९ बैशाख २०८१, बुधबार १५:४१
  • १३५३

    वीरगन्ज | वीरगन्जको नबिल बैंकको बाइपास शाखाबाट गत आइतबार राति १ करोड ३४ लाख ६५ हजार रुपैयाँको चोरी भएको घटनामा संलग्न रहेको समुह मध्ये प्रहरीले दुई भारतीयसहित चार जनालाई पक्राउ गरेको छ। यस्तै बैंकबाट चोरी भएकोमा केहि रकमपनि फेला परेको छ।

    चोरीमा संलग्न आशंकामा प्रहरीले रौतहटबाट दुई जना नेपालीलाई पक्राउ गरेको छ भने भारतको घोडासहनबाटपनि प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ। चोरीमा संलग्न समुहका बाँकी एक जना भने अझै फरार रहेको र उनको खोजी भइरहेको प्रहरी श्रोतले जानकारी दिएको छ।

    पक्राउ परेकामा रौतहटको मौलापुर नगरपालिका वडा नम्बर ७ पथरा बुधरामका सन्जय जयसवाल र छोटेलाल जयसवाल रहेका छन्। त्यस्तै भारतीय प्रहरीले बिहारको पूर्वी चम्पारण जिल्लाको घोडासहनका मन्टु पासवान र ललन कुमारलाई नियन्त्रणमा लिएको हो।

    सन्जय र छोटेलाललाई प्रहरीले रौतहटको मौलापुरबाट मंगलबार साँझ पक्राउ गरेको हो। उनीहरू दुवै जना रात्रीबसमा चढेर काठमाडौं जाँदै गरेका बेला प्रहरीले बस घेरा हालेर नियन्त्रणमा लिएको हो। ती दुवै जना अहिले जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा छन्।

    मन्टु र ललनलाई भने भारतीय प्रहरीले घोडासहनबाट नियन्त्रणमा लिएको हो। उनीहरू अहिले भारतीय प्रहरीकै हिरासतमा छन्। उनीहरूलाई नेपाल ल्याउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साको श्रोतले बताएको छ। घटनामा संलग्न अर्का एक भारतीयको पनि खोजी भइरहेको प्रहरी श्रोतले जानकारी दिएको छ।

    बैंकमा चोरी गर्नुभन्दा पहिले चोरहरूको समुहले गत आइतबार नवलपुरको नयाँ बसपार्कका रानीपोखरी होटलमा छोटेलाल जयसवालको नाममा कोठा बुक गरेर बसेको प्रहरीको अनुसन्धानका क्रममा खुलेको छ।

    जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले भने चोरीको घटनामा संलग्न रहेको आशंकामा अहिलेसम्म दुई नेपालीलाई मात्र नियन्त्रणमा लिएको बताए। भारतमा पनि एक जना पक्राउ परेको जानकारी भारतीय प्रहरीबाट आएको तर यसबारेमा यकिन भए भइनसकेको उनले बताए। थापाले भने, ‘अहिलेसम्म हामीले दुई नेपालीलाई मात्र नियन्त्रणमा लिएका छौं। अनुसन्धान प्रभावित हुने भएकाले उनीहरूको पहिचान सार्वजनिक गर्न मिल्दैन। उता भारतमा पनि एक जनालाई त्यहाँको प्रहरीले नियन्त्रणमा लिएको भन्ने खबर छ।’

    गत आइतबार राति नबिल बैंकको शाखाबाट चोरी भएको १ करोड ३४ लाख रकममध्ये केहि रकम प्रहरीले भारतमा फेला पारेको छ। भारतको घोडासहनमा लुकाएर राखिएको अवस्थामा उक्त रकम भारतीय प्रहरीले फेला पारेको हो। अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले भने, ‘चोरी भएको रकम ६ वटा झोलामा राखेको अवस्थामा भेटिएको छ। फेला परेको उक्त रकम अहिले गन्ने काम भइरहेको छ।’

    पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक थापाले पनि चोरी भएको रकममध्ये केहि रकम फेला परेको पुष्टि गरे। उनले भने, ‘चोरी भएको रकममध्ये केहि रकम भारतमै भेटिएको खबरपनि आएको छ। कति रकम भेटिएको हो? कहाँबाट कस्तो अवस्थामा भेटिएको हो? यसबारेमा विस्तृत विवरण आइसकेको छैन।’

    रकम चोरी भएको नबिल बैंकका शाखा प्रबन्धक विजय पौडेलले भने बैंकमा रातिको समयमा सुरक्षा गार्ड नराखेर आँफुहरुबाट चुक भएको बताए। बुधबार दिउँसो जिल्ला प्रहरी कार्यालय पर्सामा भेटिएका पौडेलले भने, ‘नबिल बैंकले कुनै कुनै शाखामा मात्र रातिको लागि सुरक्षा गार्ड राख्ने गरेको छ। धेरै जसो शाखामा रातीका लागि सुरक्षा गार्ड राखिएको हुन्न। सीसीटिभीले नै सुरक्षितताको काम गर्छ। नवलपुरको बाइपासको शाखाको सन्दर्भमा हामीमा अलि बढी कन्फिडेन्ट थिए। जसका कारण रातिमा सेक्युरिटी गार्ड राखेका थिएन। त्यसैले हामीबाट चुक भएको जस्तो लाग्छ।’

    बाइपास रोडमा रहेको नबिल बैंकको शाखाबाट गत आइतबार राति पाँच जनाको संख्यामा रहेका चोरहरूको समुहले मूल गेटको ताल्चा फोडेर भित्र प्रवेश गरी टिनको बाक्समा रहेको १ सय र २० रुपैयाँको नोट गरी १ करोड ३४ लाख ६५ हजार रुपैयाँ बोरामा हालेर लगेको बैंकको सिसिटिभीको फुटेजमा देखिएको थियो।

    शाखा प्रबन्धक पौडेलका अनुसार, बैंकको भल्टभित्र रहेको सेफमापनि ५ करोड भन्दा बढी नै रकम राखिएको थियो। तर चोरहरूले टिनको बाक्समा रहेको रकममात्रै चोरेर लगेको र सेफमा रहेको रकम भने सेफमै सुरक्षित अवस्थामा रहेको थियो।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या
  • घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ
  • पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता
  • साइलेन्सर’ जस्ता सांसदहरु
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक जना युवक वीरगञ्जबाट पक्राउ

    नारायणी अस्पतालमा बिरामीको शरीरमै ब्लेड छोडिँदा चरम लापरबाही उजागर

    ५० लाख बराबरको चिनी खाल्डोमा पुरियो

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    News

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    News

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    News

    साइलेन्सर’ जस्ता सांसदहरु

    News

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑