• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    जो आउँछन्, फोटो खिच्छन्, राहत पुर्‍याउने आश्वासन दिन्छन् तर चार दिन भयो हाम्रो बिचल्ली छ

  • वीरगंज संजाल
  • १५ बैशाख २०८१, शनिबार २०:०४
  • १०६५

    मटिहानी । आगलागीबाट घरहरु जलेर नष्ट हुँदा मटिहानीका पीडितहरुको बिजोग भएको छ । महोत्तरीको मटिहानी नगरपालिका वडा नम्बर ६ जरलहवाहत्ता टोलमा बैशाख १२ गते भिषण आगलागी भएको थियो । आगलागीबाट खाद्यन्न, लत्ताकपडा तथा घरहरुले जलेर पूर्ण रुपले नष्ट भएर बस्ती सखाप भएपछि पीडितको बिचल्ली भएको हो । मधेश प्रदेशको तातो हावासहितको बढ्दो अत्याधिक गर्मीबिच आगलागीबाट घरहरु नै जलेर खरानी हुँदा उनीहरु पिरोलिएका छन् । पिडित भन्छन्, ‘आगलागीबाट घर जलेर नष्ट भयो, चार रातदेखि बाहिरै छौ, गर्मी पनि अचाक्ली बढेको छ, घाममा त्रिपालभित्र बसेर दिन रात काटिरहेका छौ ।’ दिउँसो चर्को घाम तथा रातमा पनि गर्मीका कारण सुत्नै नसकेको उनीहरुको गुनासो छ ।

    २५ वर्षीया अजमेरी खातुन आगलागीका कारण घर पूर्णरुपले जलेर खरानी भएको बताउँछिन् । उनीसँगै उनका आमाबुबा, एक छोरी, ७ जना भाइ बहिनी पनि त्यहि बस्छन् । आगोले घरनै जलाएर उजाड बनाएपछि उनीहरु त्रिपाल टांगेर बसेका छन् । उनी भन्छिन्, गर्मी अचाक्ली छ, पंखा पनि जलेर नष्ट भयो, त्रिपालभित्र निन्द्र लाग्दैन, बच्चाहरुपनि गर्मीले सुत्नै मान्दैनन्, रातभरि बच्चाहरु रुन्छन्, म त रातभरि सुत्दिन जागेरै बिहा भएको छ, झिसमिसे बिहानीपख भने अलि शितल हुन्छ अनि निदाँउछु ।’ बिहान १० बजे पछि घटना बुझ्न र हेर्न मान्छे आउन थालेपछि सुत्नै नपाइने उनको गुनासो छ ।
    पछिहारी टोलका ७३ वर्षीय सलिम नदाबको दुखेसो पनि अजमेरीको भन्दा कम छैन । उनी जलेको घर अगाडि त्रिपाल टाँगेर बसेका छन् ।

    उनी भन्छन्, घरमा भएको खाद्यान्नदेखि सबै लत्ताकपडा जलेर नष्ट भयो,चार दिनदेखि बाहिर त्रिपालमुनि दिन रात कटाइरहेका छौ, निर्धक्क भएर सुत्न पाएको छैन ।’ उनले थपे, ‘कोही आउँला, घर पहिलाको जस्तै बनाइदेला भन्ने आशमा दिन काट्दैछौ ।’ बस्तीमा आगो लाग्दा धेरैको स्वास्थ्यमा समस्या आएको छ । त्यो बेलाको आगोको राँपले अहिले पनि आँखा पोल्ने पीडितहरूले गुनासो गरेका छन् । निरन्तरको ४० डिग्रीभन्दा बढीको तापक्रम दिनभर बसेर रातमा समेत आनन्दको निन्द्रा सुत्न नपाउँदा पीडितहरुको स्वास्थ्यमा समस्या निम्तिएको जिल्ला महिला सञ्जाल महोत्तरीकी संयोजक इसरागन यादवले बताइन् ।

    आफूहरु पीडित महिलाहरुको समस्या सुन्न त्यहाँ पुग्दा कसैको हातमा घाउ, कसैको आँखा पोल्ने जस्ता समस्या फेला पारेको जानकारी दिइन् । उनले भनिन्,‘अब ती समस्याहरू समाधानका लागि हामी स्वास्थ्य शिविर चलाउन पहल गर्दैछौँ, चाडैँ नै शिविर सञ्चालन गरेर ति समस्याहरु समाधान गर्ने प्रयास गरिरहेका छौँ ।’ यता पीडितहरूका गुनासाबारे न मधेश सरकार, न त केन्द्र सरकारले नै चासो देखाएको छ । सरकारले राहत प्याकेज उपलब्ध समेत नगराएको अग्नी पीडितहरूको गुनासो छ । पूर्णरुपले घरबार गुमाएका पीडितहरु अहिले राहतको पर्खाइमा छन् । एक पीडितले भने, ‘जो आउँछन्, फोटो खिच्छन् । सबै घटनाबारे सोध्छन्, तपाईंहरुको समस्याको समाधान हुन्छ भनेर आश्वासन त दिन्छन्, तर सरकारी स्तरबाट कुनै प्रकारको ठोस राहत अहिलेसम्म नपाएको उनको भनाइ छ । आगलागीका कारण उक्त बस्तीको १०३ घर पूर्णरुपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख नकुल पोखरेलले जनाए । घटनाबाट ४७० जना स्थानीयबासीको बिचल्ली भएको उनले बताए । आगलागीबाट झण्डै १ करोड ६२ लाख भन्दा बढीको क्षति भएको छ । रेसखबर

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या
  • घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक जना युवक वीरगञ्जबाट पक्राउ

    नारायणी अस्पतालमा बिरामीको शरीरमै ब्लेड छोडिँदा चरम लापरबाही उजागर

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    News

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    News

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑