वीरगन्ज | पर्साको धोबिनी गाउँपालिकामा रहेका सरकारी स्वास्थ्य संस्थाहरुमा औषधिको अभाव हुदाँ सेवाग्रामी र बिरामीहरु मर्कामा परेका छन् ।
सरकारी स्वासथ्य संस्थाबाट ९८ प्रकारका औषधि निःशुल्क वितरण गर्नु पर्ने नेपाल सरकारको प्राबधान छ । तर धोबिनी गाँउपालिकामा रहेका पाँच वटै स्वास्थ्य संस्थाहरुमा विगत केहि महिनादेखि ९८ प्रकारका ती औषधिमध्ये अधिकांश औषधिहरु सकिएको छ । जसका कारण स्वास्थ्य संस्थामा सेवा र उपचारका लागि पुग्ने सेवाग्राही र बिरामीहरु रित्तो हात पार्न बाध्य भइरहेको स्थानीय बताउँछन् ।
गाँउपालिकाको बजेटमा औषधि खरिदको शीर्षकमा रकम विनियोजन गरिएको भएपनि पालिकाका अध्यक्ष मदन चौहान र प्रमुख प्रशासकिय प्रमोद साहबिच कमीशनको भागबण्डा निमेलका कारण औषधि खरिदका लागि वास्ता नगरिएको आरोप स्थानीयबासीको छ ।
लंगडी स्वास्थ्य चौकीका प्रमुख मन्नु पटेलले पनि केहि महिनादेखि औषधिको अभाव रहेको स्वीकारे । उनले औषधि सकिएका कारण स्वास्थ्य चौकीमा आउने सेवाग्राही र बिरामीलाई रित्तो हात फर्काउन बाध्य हुने गरेको बताए । उनले औषधिका लागि गाँउपालिकाको स्वास्थ्य शाखामा आँफुले पटक पटक लिखित रुपमै माग गर्दै आइरहेको भएपनि सुनुवाई नभएको गुनासो गरे ।
गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक संजय यादवले भने गाँउपालिकाबाट औषधि खरिद नगरिएका कारण स्वास्थ्य संस्थाहरुमा पठाउन नसकिएको बताए । उनले भने,‘ हाम्रो स्टोरमा जेजति औषधि मौज्दात छ त्यसैबाट पठाएर काम चलाइइरहेका छौं ।