वीरगन्ज | वीरगन्ज महानगरपालिकास्थित चिनी मिल अगाडिको नालामा एक अज्ञात पुरुषको शव भेटिएको छ।
अन्दाजी ५०-५५ वर्ष उमेर रहेको पुरुषको शव नालामा डुबेको अवस्थामा भेटिएको हो ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार मङ्गलवार दिउँसो स्थानीयहरूले शवलाई देखेपछि प्रहरीलाई खबर गरेका थिए । खबर पाए लगतै जिल्ला प्रहरी कार्यालय पर्साबाट प्रहरी टोली त्यहाँ खटाइएको छ ।
पहिचान खुल्न नसकेको शवको विषयमा थप अनुसन्धान भइरहेको पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) कुमार विक्रम थापाले जानकारी दिए ।