वीरगंज | सरकारले भोलि मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले भोलि कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी नेपालको राजकीय भ्रमण आउने भएकाले सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी गराइन्।
थानी दुई दिने नेपाल भ्रमणका लागि मंगलबार नेपाल आउँदैछन् ।बिदेशी राष्ट्र प्रमुख नेपाल भ्रमणमा आउँदा यसअघि पनि सरकारले सार्वजनिक बिदा दिने गरेको थियो ।