• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    महिलाको हत्या पश्चात् शवको टुक्रा-टुक्रा गरी फालियो, श्रीमान् र जेठाजु पक्राउ

  • वीरगंज संजाल
  • १० बैशाख २०८१, सोमबार १२:३४
  • १२६१

    वीरगञ्ज । धनुषामा एक महिलाको हत्या गरेर शरीरको भागलाई टुक्रा-टुक्रा गरी फालेको आरोपमा श्रीमान् र जेठाजुलाई घटनाको ६ महिनापछि प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा शहिदनगर नगरपालिका- ७ नेमुवा टोलका ५५ वर्षीय सुदीप ठाकुर सोनार (महिलाका श्रीमान्) र ६० वर्षीय उदित ठाकुर सोनार (जेठाजु) रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

    प्रहरीले उनीहरूलाई घटनाको ६ महिनापछि आइतबार बिहान पक्राउ गरिएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) रञ्जन अवाले जानकारी दिए ।

    गत कार्तिक १० गते ४५ वर्षीय रेखादेवी ठाकुर र उनको श्रीमान् ५५ वर्षीय सुदीप मात्रै घरमा रहेको अवस्थामा श्रीमान्-श्रीमतीबिच विवाद उत्पन्न भई झगडा हुँदा रिसको झोँकमा श्रीमानले बन्चरोको पछाडिको भागले १ बन्चरो टाउकोमा प्रहार गरेपछि श्रीमतीको घटनास्थलमै मृत्यु भएको थियो ।

    घटनाको भोलिपल्ट श्रीमानले आफ्नै घरभित्र ५.५ फिट जति गहिरो खाल्डो खनी शवलाई खाल्डोमा पुरी घटनाको बारेमा आफ्नै सहोदर दाजु उदित ठाकुरलाई जानकारी गराई सो पश्चात् दुवै दाजु-भाइसँगै भारतमा काम गर्न गएका थिए ।

    डिएसपी अवाका अनुसार लासको चिन्ताले काममा चासो नलागेपछि उनीहरू २० औँ दिनमा कार्तिक ३० गते दाजु-भाइसँगै घरमा आई शव गाडेको ठाउँमा गई हेर्दा गन्ध आइराखेकोले राति १२ बजेको समयमा खाल्डो खनेर खाल्डोबाट शव निकाली काटी टुक्रा-टुक्रा पारी २ वटा बोरामा राखेर १/१ बोरा दाजुभाइले बोकी शहिदनगर ७ नेमुवाटोल धबौली कट्टी सिचाईको पारी पूर्व कट्टी खोल्सीमा बोराबाट १/१ वटा टुक्रा निकालेर छरेर फालेका थिए ।

    त्यस पश्चात् दुवै दाजुभाइ घरमा आई खनेको खाल्डोलाई पुरी सबै कोठाहरू राम्रोसँग लिपपोत गरी नुहाई धुवाई गरी साइकलबाट बहिनीको घर गई त्यहाँ साइकल राखेर ट्याम्पो समातेर भारतको जयनगर रेल्वे स्टेसन गएर रेल चढी दिल्ली गई भाडा बनाउने कम्पनीमा काम गर्न थालेका थिए ।

    कम्पनीमा पनि काममा मन नलागे पछि दिल्लीबाट दुवै दाजुभाइ डेढ महिना पछि भारतको नेपाल बोर्डर छेउमा काठको काम गर्दै आएका थिए । यता, हत्याको करिब १ महिनापछि छोरा बुहारी घरमा पुग्दा घरमा ताल्चा लागेको थियो । आमा र बुवाको बारेमा गाउँ घरमा बुझ्दा छोरीहरूको घरमा गएको हुन सक्ने र पहिला पनि आमा बुवा छोरीहरूको घरमा सँगै बस्दै आएकोले घरको ढोका खोली हेर्दा घर लिपपोत गरेको देखिएपछि उनीहरूले प्रहरीलाई बोलाएका थिए ।

    नयाँ लिपेको ठाउँमा खनेर हेर्दा केही फेला नपरे पछि बुवा आमा भारततर्फ भएको सोचेर उनीहरूले वास्ता नगरेको र प्रहरीमा पनि आमा बुवाको खोजतलासको लागि कुनै निवेदन नदिएको डिएसपी अवाले बताए ।

    आइतबार बुवा र काकालाई सँगै भेट्दा मृतकको छोराले आमाको बारेमा सोध्दा केही नबोलेपछि शङ्काको आधारमा प्रहरीमा खबर गर्दा घटनाको बारेमा खुलेको प्रहरीले जनाएको छ ।

    प्रहरीले घटना स्थलबाट वारदातमा प्रयोग भएको बन्चरो र कोदालो बरामद गरेको छ भने शवको टुक्रा-टुक्रा बनाई फालेको ठाउँबाट मानव कङ्काल तथा हड्डीहरू फेला परेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या
  • घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक जना युवक वीरगञ्जबाट पक्राउ

    नारायणी अस्पतालमा बिरामीको शरीरमै ब्लेड छोडिँदा चरम लापरबाही उजागर

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    News

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    News

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑