• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    गर्मीमा ‘लू’ बाट कसरी बच्ने ?

  • वीरगंज संजाल
  • ९ बैशाख २०८१, आईतवार १७:३०
  • २१३३

    वीरगंज | पछिल्ला दिनयता गर्दै गर्मी बढ्दै गइरहेको छ । चर्कँदो घामसँगै बढेको गर्मीमा तातो हावा चल्न सुरु हुने भएकाले तराईमा ‘लू’ को समस्या हुन सक्छ । यस्तोमा गर्मी र लूबाट बच्न निकै सतर्कता अपनाउनु पर्दछ ।

    नत्र यसले ज्यानसमेत लिन सक्ने चिकित्सकहरुको भनाइ छ । गर्मी मौसममा विषेशगरी वैशाखदेखि भदौसम्म तराईमा उष्ण र शुष्क हावा बहन थाल्छ, जसलाई ‘लू’ भनिन्छ । सामान्य भाषामा ‘लू’ लाग्नुलाई गर्मी मौसमको रोग भनेर पनि चिनिन्छ । अत्यधिक गर्मीका कारण शरीरबाट धेरै पसिना बग्दछ । जसकारण शरीरमा नुन र पानीको कमी हुन्छ । यसले शरीरको रगतमा तापमान वृद्धि गर्छ । शरीरमा पानीको मात्रा कमी हुनु नै लू लाग्नु हो ।

    यस्तो छ ‘लू’ लाग्ने कारण
    यो गर्मी मौसममा जब हामी अनावश्यक रुपमा वा लापरबाही गरी घरबाहिर निस्कन्छौँ, तब चर्को घाम र तातो हावाले शरीरको बाहिरी छालालाई तातो बनाइदिन्छ । र, पसिनाको माध्यमबाट शरीरभित्र भएको नुन र पानीको मात्र बाहीरीन्छ फलस्वरुप ‘लू’ लाग्न सक्छ ।

    यस्ता छन् ‘लू’ का लक्षणहरू
    शरीरमा पानी र नुनको मात्रा घट्दै जाँदा रगतको तापमान बढ्न गई टाउको भारी भएको महसुस हुने, नाडीको गति बढ्ने, रगतको गति पनि तीव्र हुने, श्वासप्रश्वासको गति असामान्य हुँदै जाने हुन्छ ।

    त्यसैगरी, श्वासको गति अनियमित हुने, ज्वरो बढ्दै जाने, हातको हत्केला र खुट्टाको पैताला पोल्ने, आँखा पोल्ने र कहिले काँही बिरामी अचानक बेहोस हुनेजस्ता लक्षणहरू देखिन्छन् ।

    ‘लू’ बाट कसरी बच्ने ?

    – सकेसम्म पहिला शरीरको तापक्रम घटाउनुपर्छ ।
    – बिरामीले पटक पटक गरी पानी पिइराख्नु पर्छ ।
    – कहिल्यै पनि खाली पेट बस्नु हुँदैन यसले समस्या थप बढ्न सक्छ ।
    – गर्मी मौसममा काँक्रो खानाले शरीरले शीतलता प्राप्त गर्दछ, यसले ‘लू’ को असर कम गर्छ ।
    – प्याजको रस खाने ।
    – चिसो पानीले नुहाउने ।
    – धेरै पसिना आएमा जीवनजल पानी पिउने ।
    – बाहिर निस्कँदा टाउको, कान र गर्दन ढाक्ने गरी कपडा ओढ्ने । वा सिधै सूर्यको किरण छालामा नछिर्ने र हावा छिर्ने खालका कपडा लगाउने ।
    – खेतबारीमा काम सकभर बिहान वा बेलुका मात्र गर्ने ।
    – चिनीको मात्रा बढी भएका झोल पदार्थ बढी नपिउने, जस्तो- चिया, कफी, सोडाजस्ता पेय पदार्थ ।
    – नरम, मुलायम सुतीको कपडा लगाउने ।
    – चिसो फलफूल वा खानेकुरा सेवन गर्ने ।
    – बिहान बेलुका रुखको छहारीमा गएर व्यायाम गर्ने ।

    लू लग्दा के गर्ने ?
    जो कोहीलाई पनि लू लागेको थाहा पाउन साथ तत्काल अस्पताल नै जानु पर्छ । तर कतिपय अवस्थामा अस्पताल पुग्न सकिएन भने घरमा पनि केही प्राथमिक उपचार गर्न सकिन्छ ।

    – लूको पहिलो उपचार भनेको शरीरको तापक्रम कम गर्नु हो । त्यसैले ‘लू’ लागेको मान्छेलाई तुरुन्त शीतल, स्वच्छ हावा र वातावरण चिसो भएको राम्रो ठाउँमा सुताउनुपर्छ ।
    – बिरामीलाई तुरुन्तै प्याजको रसमा थोरै मह मिसाएर पिउन दिनु पर्छ ।
    – दही लगायत मौसमी फलफूलहरू अंगुर, खरबुजा, काक्रो र मौसमको रस लू ग्रस्त बिरामीलाई पिउन दिनुपर्छ ।
    – बिरामीको शरीरमा चिस्याउन चिसो पानी वा बर्फले बारम्बार पट्टी गर्ने ।
    – पानीमा ग्लुकोज मिसाएर पिउने वा कागतीको सर्बत पिउने ।
    – कुनै कपडालाई पानीमा भिजाएर बिरामीको जिउ पुछ्ने ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या
  • घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक जना युवक वीरगञ्जबाट पक्राउ

    नारायणी अस्पतालमा बिरामीको शरीरमै ब्लेड छोडिँदा चरम लापरबाही उजागर

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    News

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    News

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑