• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    लुकेर भिडियो बनाउने ससुरामाथि मुद्दा लगाउन धर्नामा बुहारी

  • वीरगंज संजाल
  • ८ बैशाख २०८१, शनिबार २२:०१
  • ११९७

    जनकपुर | सम्बन्ध–विच्छेद मुद्दामा अदालतको मेलमिलाप केन्द्रमा श्रीमान–श्रीमतीबीच छलफल चलिरहेका बेला ससुराले लुकाएर भिडियो बनाउन लगाएको भन्दै बुहारीले ससुरामाथि मुद्दा दर्ता गराउन जिल्ला प्रहरी कार्यालय धनुषाअगाडि धर्नामा बसेकी छन्।

    बिहीबार धनुषा जिल्ला अदालतको मेलमिलाप केन्द्रमा छलफल चलिरहेका बेला ससुरा भोगेन्द्रप्रसाद यादवले एक नबालकमार्फत लुकाइछिपाइ भिडियो बनाएर अदालतको अवहेलना र अनुमतिविना भिडियो गरेको भन्दै बुहारी कृतीका यादवले उनीमाथि मुद्दा दिन प्रहरीमा पुगेका थिइन् । तर प्रहरीले उनको जाहेरी दर्ता गर्न नमानेपछि बिहीबार रातीदेखि नै उनी धर्नामा बसेकी छन्।

    जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ का ३३ वर्षीय राजु यादव र उनकी ३१ वर्षीय श्रीमती कृतिका यादवको सम्बन्ध–विच्छेदको मुद्दा धनुषा जिल्ला अदालतमा चलिरहेको छ। अदालतले सुरुमा दुवै पक्षलाई मेलमिलाप केन्द्रमा बोलाएर छलफल गराउन आदेश गरेपछि छलफल चलिरहेका बखत एक नबालकले झ्यालबाट भिडियो खिचिरहेका थिए।

    ती नबालकले भिडियो बनाइरहेको देखेपछि भिडियो किन बनाएको भनेर सोधपुछ गर्दा भोगेन्द्रले बनाउन लगाएको भनेपछि ससुरा भोगेन्द्रविरुद्ध जाहेरी लिएर प्रहरीमा पुगेको कृतीकाले बताइन्।

    उनले भनिन्,‘ कसैले अनुमतिविना कसैको फोटो भिडियो खिच्न पाइँदैन ।तर अदालतमा छलफल चलिरहेका बेला मेरा ससुराले एक नबालकलाई प्रयोग गरी छलफलको भिडियो बनाउन लगाएर व्यक्तिको गोप्यनीयता मात्रै होइन, अदालतको अवहेलनासमेत गरेकाले उनीमाथि मुद्दा दर्ता गराउन म प्रहरीमा पुगेको हुँ।

    उनले भनिन्, ‘त्यही दिन म जाहेरी लिएर प्रहरीमा पुगेपछि प्रहरीले मेरा ससुरलाई बोलाएको पनि थिए, तर केहीबेर राखेर उनलाई प्रहरीले छाडिदिए। मेरो ससुरालाई प्रहरीले हिरासतमा राखेर मद्दा चलाउनुपर्ने मेरो माग छ।’

    कसैले अदालतको बर्खिलाप छलफल चलिरहेका बखत फोटो भिडियो खिच्यो भने उनीमाथि अदालतले आफैं मुद्दा चलाउने भएकाले यसमा प्रहरीले केही गर्न नमिल्ने धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रञ्जन अवाले बताए ।

    उनले भने, ‘उनीहरुको बिहीबार अदालतको मेलमिलाप केन्द्रमा छलफलका बेला भिडियो खिच्नेमाथि मुद्दा दर्ता गर्न भनिएको छ, तर अदालतले प्रहरीलाई त्यस्तो केही जानकारी गराएको छैन। प्रहरी कानुनअनुसार चल्ने हो कसैले कसैमाथि रिसरागका कारण मुद्दा चलाउने होइन।’

    शुक्रबार राती प्रहरीले धर्ना छाडी छलफलका लागि बोलाउँदा कृतिका प्रहरी परिसरभित्र जान मानिरहेकी थिइनन्। शनिबार बिहान छलफलका लागि तयार भएपछि प्रहरीले उनलाई महिला सेलमा बोलाएर त्यस विषयमा छलफल गराइरहेको प्रहरीले जनाइएको छ।

    भारतको उत्तरप्रदेश बनारसकी कृतिका यादव र जनकपुरका राजु यादवको आठ वर्षअघि विवाह भएको थियो। कृतिकाकी ६ वर्षकी छोरीसमेत छिन्।

    छोरी जन्माएकै कारण राजुले सम्बन्ध–विच्छेदको मुद्दा चलाएको कृतिकाको आरोप छ। राजुले सम्बन्ध–विच्छेदका मुद्दा दिएपछि कृतिका जनकपुरमै भाडाको घरमा बसिरहेकी छन्।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या
  • घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक जना युवक वीरगञ्जबाट पक्राउ

    नारायणी अस्पतालमा बिरामीको शरीरमै ब्लेड छोडिँदा चरम लापरबाही उजागर

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    News

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    News

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑