• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगन्जको श्रीदुर्गा रोड क्यारियरमा प्रहरीको छापा

  • वीरगंज संजाल
  • ८ बैशाख २०८१, शनिबार २१:३३
  • १७८९

    वीरगन्ज | वीरगन्ज–१० आदर्शनगरमा रहेको एक ट्रान्सपोर्टमा सशस्त्र प्रहरी र वीरगन्ज भन्सार कार्यालयका कर्मचारीको टोलीले छापा मारेर करिब ७० लाख रुपैयाँ मूल्य बराबरको दुई ट्रक मालसामान नियन्त्रणमा लिएको छ। भन्सारमा खटिएको सशस्त्र प्रहरीको सीमा सुरक्षा गुल्मका इन्चार्ज सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज रिजाल नेतृत्वको टोलीले शनिबार बिहान आदर्शनगरमा रहेको श्रीदुर्गा रोड क्यारियरमा छापा मारेर राजश्व छलीको आशंकामा कपडा, काजु, स्टिलका भाँडावर्तन, ग्याँस चुल्हा लगायतको सामान बरामद गरेको हो। सशस्त्र प्रहरीले छापा मारेर सामान बरामद गरेको ट्रान्सपोर्टका सञ्चालक मदन प्रसाद कलवार (मदन रुन्चे) हुन्।

    सशस्त्र प्रहरी नायब उपरीक्षक रिजालले बरामद गरिएका ती मालसामान सबै राजश्व छली (तस्करी)को रहेकाले बरामद गरी वीरगन्ज भन्सार कार्यालयमा ल्याइएको बताए। रिजालका अनुसार शनिबार बिहान भारतबाट चार पोका कपडा बोकेर वीरगन्ज भित्रिएको एक अटो गाडीलाई सशस्त्र प्रहरी नायब उपरीक्षक रिजाल नेतृत्वको टोलीले वीरगन्ज–२ छपकैयास्थित इदगाह चोकबाट पछ्याएको थियो।

    उक्त अटो आदर्शनगरस्थित श्री दुर्गा रोड क्यारियरमा पुगेर त्यसमा रहेको पोकाहरू उक्त क्यारियरको गोदामभित्र लगेर राख्ने क्रममा सशस्त्र प्रहरीको टोलीले छापा मारेको थियो। त्यसक्रममा दुई वटा गोदामभित्र भण्डारण गरी राखिएका करिब ७० लाख रुपैयाँको मालसामान बरामद गरी आवश्यक कारबाहीका लागि वीरगन्ज भन्सारमा ल्याइएको सशस्त्र प्रहरी नायब उपरीक्षक रिजालले बताए।

    रिजालले भने, ‘तस्करीको सामान भेटिएपछि हामीले भन्सारका कर्मचारीलाई बोलायौं। त्यसपछि आवश्यक प्रकृया पुरा गरेर दुवै गोदामभित्र रहेका सामानहरू नियन्त्रणमा लियौं।’ यता उक्त ट्रान्सपोर्टका सञ्चालक कलवारले भने सशस्त्र प्रहरीले बरामद गरेर लगेका सामानहरू राजश्व छलीको नभएको दाबी गरेका छन्। सबै सामानको भन्सार प्रज्ञापनपत्र र भ्याट बिल रहेको भन्दै कलवारले भने,‘सबै कागजात देखाउँदा पनि सशस्त्र प्रहरीले गोदामको ताल्चा फुटाएर सामान लिएर गयो।’

    वीरगन्ज महानगरपालिका-१० का वडाध्यक्ष सुशील साह कानुले भने सशस्त्र प्रहरीले नेपालको कानुन मिचेर गोदामको ताल्चा फोडेर सामानहरू नियन्त्रणमा लिएको भन्दै आपत्ति जनाएका छन्। उनले भने,‘यदि कुनै पनि व्यावसायिक प्रतिष्ठान वा गोदाममा सरकारी निकायले छापा मार्छ र ताल्चा फुटाउनुपर्ने अवस्था आयो भने वडाअध्यक्षको रोहबरमा मुचुल्का उठाएर मात्रै ताल्चा तोड्नुपर्ने नियम कानुनमा छ। तर सशस्त्र प्रहरीले आफूलाई कुनै खबर नै नगरी गोदामको ताल्चा फुटाएर सामानहरू लगेको छ। यो कानुनको उल्लंघन हो। म त्यहाँ पुग्दा गोदाम खाली गरेर सामान सशस्त्र प्रहरीले लगि सकेको रहेछ। सामान लगेपछि मात्रै मलाई सशस्त्र प्रहरीले फोन गरेको थियो।’

    तर सशस्त्र प्रहरी नायब उपरीक्षक रिजालले भने वडाध्यक्ष कानुलाई खबर गरेको तर उनि ढिला गरी घटनास्थलमा आएको बताए। रिजालले भने,‘कहिलेकाँही क्वीक एक्सन लिँदा सबै प्रक्रिया पूरा गर्न भ्याइँदैन। तैपनि हामीले गोदाममा खानतलासी लिनुपूर्व प्रकृया अनुसार एउटा सूचना टाँस गरेका थियौं। त्यसपछि मात्रै गोदाममा खानतलासी गरेका थियौं। अर्को कुरा गोदाम खुल्लै थियो। ताल्चा लगाइएको थिएन।’ सशस्त्र प्रहरीले पछ्याउँदै आएको अटोमा लोड रहेको सामान ट्रान्सपोर्टको गोदाममा लगेर राख्दै गरेको भेटिएपछि मात्रै गोदाममा छापा मारेर खानतलासी गरिएको उनले बताए।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या
  • घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक जना युवक वीरगञ्जबाट पक्राउ

    नारायणी अस्पतालमा बिरामीको शरीरमै ब्लेड छोडिँदा चरम लापरबाही उजागर

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    News

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    News

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑