वीरगञ्ज । भारत टूरमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले आज गुजरात क्रिकेट एसोसिएसनको टिमसँग खेल्दै छ ।
गुजरातको भापीमा हुने यो खेल नेपाली समय अनुसार दिउँसो २:४५ बजेदेखि सुरु हुने भएको हो ।
यस फ्रेन्डसिप कपमा नेपालले यसअघि लगातार दुई खेलमा जित हासिल गरेर फाइनल नजिक पुगेको छ । नेपालले यस अघि गुजरातलाई ८ विकेटले पराजित गरेको थियो । नेपालले मङ्गलवार बरोडा क्रिकेट एसोसिएसनको टिमलाई २७ रनले पराजित गरेको थियो
गुजरात क्रिकेट एसोसियसनले सोमबार सम्पन्न खेलमा बरोडालाई ५ विकेटले पराजित गरेको थियो भने बरोडाले अहिलेसम्म जित हासिल गर्न सकेको छैन ।
नेपाल आजको खेलमा विजयी भएमा एक खेलअगावै फाइनलमा पुग्नेछ । अब नेपालले अप्रिल ५ मा बरोडासँग खेल्ने तालिका रहेको छ । शीर्ष दुई टिमले ७ अप्रिलमा फाइनल खेल्ने छन् ।