वीरगञ्ज । रौतहटबाट ६ जना युवाको टोली भारतको अयोध्या धामको लागी पैदल यात्रामा निस्किएका छन् उनीहरु वीरगञ्जको गहवामाई मन्दिरमा दर्शन गरि भारतको अयोध्याधाम गएका हुन । जिल्लाको दक्षिणी भेग भारतीय सिमानासंग जोडिएको राजापुर नगरपालिका घरभएका ६ जना युवक भारतको अयोध्या धामको लागी पैदल यात्रामा निस्किएका हुन् ।
अयोध्या धाममा हालै उदघाटन भएको भगवान राम लगायत मन्दिरहरुमा दर्शन गर्ने उद्देश्य लिएर सनिवार उनीहरूको टोली घरबाट पैदलयात्रा सुरु गरेका हुन् । धार्मिक यात्रामा निस्केका युवाहरुको टोलीमा राजापुर नगरपालिका ५ का बर्ष २५ का सुरेन्द्र साह, सोही उमेर समूहका रमेश साह, शम्भु यादव, रुपेश साह, हरी नारायण साह र लालबाबु साह रहेका छन। राजपुर देखी पैदल हिंडेर ७ दिनमा अयोध्या धाम पुग्ने लक्ष्य रहेको उनीहरूले बताएका छन ।
धार्मिक यात्राको लागी तयार भएर घरबाट निस्कँदा राजापुर ५ का वडा अध्यक्ष कृष्णन्दन साह लगायतकाले खाँदा ओढाएर सम्मानसहित बिदाई गरेका थिए । राजपुरबाट उनीहरू बंकुल बजार, बाराको काचोर्वा नाका हुँदै भारतीय क्षेत्रमा प्रवेश गरेका थिए । रौतहटको कटहरिया नगरपालिकाका वैद्यनाथ जैसवाल केही महिना अगाडि साईकल चढेर भारतको जमु स्थित माता बैषनो देवीको दर्शन गरेर फर्केका थिए ।