काठमाडौं | उपभोक्ता ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । उपभोक्तालाई ठगी गरेको आरोपमा व्यापारी महेन्द्र सारडा पक्राउ महानगरीय अपराध महाशाखाको टोलीले सारडालाई थापाथलीस्थित कार्यालयबाटै पक्राउ गरेको जनाएको छ । सारडा मोरङको टंकिसिनुवारीस्थित पायोनियर इलेक्ट्रिक प्रालीका सञ्चालक हुन् ।
महाशाखा प्रमुख एसएसपी सहकुल थापाका अनुसार इलेक्ट्रोनिक्स केबुलको परिमाण भन्दा कम लम्बाई राखेर सामान विक्री गरेको आरोप उनलाई लगाइएको छ । थापाथलीस्थित अधिकृत विक्रेताको कार्यालयमा प्रहरीले सिलबन्दी गरेको छ ।
‘एक रोलमा एक सय मिटर हुनुपर्नेमा कम्पनीबाटै ५ देखि २० मिटरसम्म कम परिमाण राखेर प्याकेट तयारी गर्ने गरेको पाइयो,’ एसएसपी थापाले भने, ‘हामीलाई केही उजुरी परेका थिए, त्यसको अनुसन्धान गर्नेक्रममा शुक्रबार सारडालाई पक्राउ गरिएको हो ।’ Nepalpostdaily