काठमाडौँ | त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन जस्तो देखिने पहेँलो रङको अर्धठोस वस्तु करिब आठ सय ५५ ग्रामसहित गएराति एक भारतीय नागरिक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा ३५ वर्षीय शरिफअहमद अब्दुल गफुर रहेको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले बताए। उनले भने, “विमानस्थलबाट सुन जस्तो देखिने पहेँलो रङको अर्धठोस वस्तु करिब आठ सय ५५ ग्रामसहित भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।
दुबईबाट फ्लाई दुबईको उडानमार्फत काठमाडौँ आएका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटमा जाँच गर्ने क्रममा पक्राउ गरेको हो।