• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    जय श्री राम’ को जय जय कार अहिले सामाजिक सञ्जालदेखि लिएर चौतर्फी रूपमा

  • वीरगंज संजाल
  • ८ माघ २०८०, सोमबार १४:५०
  • २११३

    वीरगञ्ज । जय श्री राम’ को जयजयकार अहिले सामाजिक सञ्जालदेखि लिएर चौतर्फी रूपमा छाएको छ । अयोध्यामा राम मन्दिरको उद्घाटन भइरहँदा उल्लास नेपालभरि नै छाएको छ । सार्वजनिक चोकहरू होस् वा चिया पसलहरू चारैतिर अहिले चर्चाको प्रमुख विषय नै भारतको अयोध्यामा राम मन्दिरको स्थापना र सोमबार भव्यताका साथ रामलल्लाको प्रतिमालाई प्राण-प्रतिष्ठा दिइने विषय हो । त्रेता युगमै नेपाल र भारतको सांस्कृतिक सम्बन्ध जोडिएको थियो । र, सोही सम्बन्धका कारण अयोध्यामा उत्सव छाएका बेला नेपाल पनि उल्लासमय बनेको छ ।

    विशेष गरी मधेस प्रदेश भरी नै राम मन्दिरको निर्माण र रामलल्लाको प्राण-प्रतिष्ठालाई लिएर विशेष उत्साह छ । मधेस प्रदेशका अधिकांश स्थानीय तहहरूले राम मन्दिरमा प्राण-प्रतिष्ठाको दिनका अवसरमा उत्सव र दीपावली नै मनाउन सार्वजनिक अपिल गरेको छ । वीरगञ्ज महानगरमा रहेका हरेक मठमन्दिरलाई सजावट गरी आकर्षक पारिएको छ । मुख्य बजार क्षेत्रका सडकका साथै घरघरमा ‘जय श्रीराम’ लेखिएको झन्डा झुन्ड्याइएको छ । महानगरका घरघरमा सोमबार साँझ दियो बालेर दीपावली पनि मनाउने तयारी गरिएको छ । वीरगञ्जको मुख्य धार्मिक स्थल प्रसिद्ध शक्ति पीठ माईस्थानको गहवामाई मन्दिर प्राङ्गणमा सोमबार साँझ १ लाख २५ हजार दियो बालेर भव्य दीप प्रज्वलन कार्यक्रम पनि राखिएको कार्यक्रमका संयोजक सञ्जय सर्राफले जानकारी दिए ।

    दीप प्रज्वलनसँगै महाआरती र हनुमान आराधनाको कार्यक्रम पनि गरिने उनले बताए । यस्तै झन्डै पाँच दशक पुरानो वीरगञ्जकै घडीअर्वास्थित श्रीरामजानकी मन्दिरमा अयोध्याको नवनिर्मित राम मन्दिरको उद्घाटनकै दिनको अवसर पारेर सोमबार भगवान् राम, सीता र हनुमानको मूर्तिको प्राण प्रतिष्ठा गरिँदै छ। त्यसका लागि महानगरपालिकाको आयोजनामा भव्य तयारी गरिएको छ । तीन दशकदेखि निजी व्यक्तिको कब्जामा रहेको उक्त रामजानकी मन्दिरलाई महानगरपालिकाले हालै अतिक्रमणमुक्त गरी सौन्दर्यीकरण गरेर सोमबार भगवान् राम, सीता र हनुमानको मूर्तिको प्राण प्रतिष्ठा गर्न लागेको हो ।

    अयोध्यामा श्रीराम मन्दिरको उद्घाटनकै दिनको अवसर पारेर रामजानकी मन्दिरमा भगवान् राम, सीता र हनुमानको मूर्तिको प्राण प्रतिष्ठा गर्न लागिएको वीरगञ्ज महानगरका मेयर राजेशमान सिंहले बताए । उनका अनुसार, प्राण प्रतिष्ठाको दिन सोमबार बिहान ८ बजे भव्य कलश यात्रा निकालिन, दिनभर प्राण-प्रतिष्ठाको सम्पूर्ण पूजन विधि हुने, सवा लाख बत्ती बालिने तथा साँझ महाआरती आयोजना गरेर प्रसाद वितरण गर्ने कार्यक्रम पनि रहेको उनले बताए । रामजानकी मन्दिरमा सोमबार हुने भगवान् राम, सीता र हनुमानको मूर्तिको प्राण प्रतिष्ठामा सहभागी हुन महानगरवासीलाई मेयर सिंहले सार्वजनिक आह्वानसमेत गरेका छन्।

    अयोध्याको राम मन्दिर उद्घाटनकै खुसीयाली मनाउन वीरगञ्जमा विश्व हिन्दु परिषद्ले पनि भव्य तयारी गरेको छ। परिषद्का पर्सा सचिव बिक्की सर्राफका अनुसार, अयोध्याको राम मन्दिर उद्घाटनको दिन सोमबार वीरगञ्जमा भव्य मोटरसाइकल र्‍यालीका साथै भव्य झाँकी प्रदर्शन गरिनेछ । सोमबार बिहान मोटरसाइकल र्‍यालीसँगै सात वटा ट्रकमा स्टेज बनाएर भगवान् रामको जन्मदेखि वनवासपछि अयोध्या फिर्तीसम्मको कथा वर्णनको झाँकी प्रदर्शन गर्दै नगर परिक्रमा गरिने सर्राफले बताए ।

    यसका साथै सोमबार साँझ घरघरमा दीप प्रज्वलन गरी पर्सा जिल्लाभरि नै दीपावली गर्न सार्वजनिक आह्वान पनि गरिएको जानकारी सर्राफले जानकारी गराए । सङ्घका सचिव सर्राफले भने, ‘भगवान् राम कुनै यो वा त्यो देशका होइनन् । उनी विश्वभरका हिन्दुका साझा भगवान् हुन् ।’ त्यसमा पनि झन्डै पाँच सय वर्षदेखि पालभित्र बसिरहेका रामलल्ला सोमबार आफ्नै घरमा फर्किंदै छन् । हिन्दहरूलाई योभन्दा ठूलो खुसी अरू के नै हुन सक्छ र ? त्यही खुसीयाली मनाउन वीरगन्जमा पनि भव्य तयारी गरिएको हो ।’ राम मन्दिरको उद्घाटन र प्राण प्रतिष्ठाका दिन सोमबार वीरगञ्ज महानगरसहित जिल्लाका विभिन्न पालिकाहरूमा माछा, मासु र मदिराको बिक्री वितरण र सेवन निषेध गरिएको छ । पर्साको वीरगञ्ज महानगरपालिका, बहुदरमाई नगरपालिका, पाेखरिया नगरपालिका, विन्दवासिनी, जगरनाथपुर, धोबिनी, कालिकामाई, पटेर्वा सुगौलीलगायतका गाउँपालिकाले सार्वजनिक सूचना नै जारी गरेर सोमबार माछा,मासु र मदिराको बिक्री वितरण र सेवन नगर्न निर्देशन दिएका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग
  • भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत
  • ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’
  • रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण, गृहमन्त्रीको राजीनामा हुनै पर्छ : बुर्लाकोटी
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग

    भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत

    ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’

    रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण, गृहमन्त्रीको राजीनामा हुनै पर्छ : बुर्लाकोटी

    मधेश प्रदेशमा बुधवार सार्वजनिक बिदा

    मेनपावर कम्पनी नवीकरण गर्दा अब गूगल प्लस कोडसहितको गूगल म्याप पनि आवश्यक पर्ने

    सडकमा गाडी रोकेर सामान बेच्ने ३ गाडीलाई ४५ हजार जरिबाना

    समुदाय विपद् स्वयंसेवक परिचालन आधारभूत तालिमको शुभारम्भ

    मधेस सरकारको बजेट खर्च २० प्रतिशतमात्रै

    पर्साको जमुनिया खोलाबाट अवैध गिट्टी–बालुवा उत्खनन्, दुई ट्याक्टर नियन्त्रणमा

    गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग

    भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत

    ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’

    रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण, गृहमन्त्रीको राजीनामा हुनै पर्छ : बुर्लाकोटी

    मधेश प्रदेशमा बुधवार सार्वजनिक बिदा

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग

    News

    भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत

    News

    ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’

    News

    रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण, गृहमन्त्रीको राजीनामा हुनै पर्छ : बुर्लाकोटी

    News

    मधेश प्रदेशमा बुधवार सार्वजनिक बिदा

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑